३ आश्विन २०८१, बिहीबार
निरन्तर सेवा बिस्तार गर्दै लर्डबुद्ध एजुकेसन एकेडेमी


लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले कोहलपुर र नेपालगञ्जमा सञ्चालित शिक्षण अस्पताल र मेडिकल कलेजमा पछिल्लो समय गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा बिस्तार गर्दै आई रहेको छ । दुई महिना अघि मात्रै शिक्षण अस्पताल भित्र डेन्टल हस्पिटल र दन्त चिकित्सा स्नातक तह (बी.डी.एस.) को अध्यापन सुरु गरेको मा शुक्रवार क्यान्सर  सेन्टरको भवन शिलान्यास तथा सेवा शुभारम्भ गरिएको छ । कोहलपुर बाट शिक्षण अस्पताल र नेपालगन्ज बाट मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने घोषणा गरेको लर्ड बुद्ध एजुकेसन एकेडेमीले शुक्रवार कोहलपुरमा क्यान्सर  सेन्टरको भवन शिलान्यास गरेको हो । भवन शिलान्यास सँगै हाल रहेको भवनमै क्यान्सर  वाडको समेत शुभारम्भ गरिएकोछ । काठमाण्डौ विश्व विद्यालय का उपकुलपति डा भोला थापाले भवनको शिलान्यास तथा सेवा शुभारम्भ गरेका हुन ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले पश्चिम नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका साथ सुपर स्पेसलिटी सेवा दिने जमर्को गरेको अस्पतालका सञ्चालक अध्यक्ष खुमा अर्यालले बताए । उनले आफूले पोखरा, भैरहवा र कोहलपुर नेपालगंजमा मेडिकल कलेज स्थापना गरेको भएपनि कोहलपुर र नेपालगञ्जको मेडिकल कलेज लाई थप विशिष्टीकृत गर्दै लैजाने सोच रहेको बताए । उनले कोहलपुर र नेपालगञ्जमा लगानी बढाउदै लैजाने उनको भनाई छ ।

काठमाण्डौ विश्व विद्यालयका उपकुलपति डा. भोला थापाले छोटो अवधीमै दोस्रो पटक कोहलपुर आएर थप सेवा बिस्तार शुभारम्भ गर्न पाउदा आफू निकै खुसी भएको बताए । उनले लुम्बिनी , कर्णाली र सुदूरपश्चिमका जनता लाई सेवा दिई रहेको कोहलपुर र नेपालगन्ज मेडिकल कलेजका सञ्चालकको उत्साह देखेर आफू खुशी भएको बताए । उनले स्वास्थ्य र शिक्षामा लगानी गर्ने निजी व्यवसायी उपर सबैको गिदे नजर रहने गरेको गुनासो गरे । स्वास्थ्य र शिक्षा क्षेत्रमा नीतिगत सुधारका कुराहरू गर्नु जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रले नै देश बाहिर जाने करोडौँ रकम स्वदेशमै रोक्न सकेकोमा खुशी व्यक्त गरे ।

यस अघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह ( बी.डी.एस. ) को अध्यापन सुरु गरिएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह ( बी.डी.एस. ) को अध्यापन सुरु गरेका अस्पतालको भनाई छ । दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याई सकेको छ । डेन्टल अस्पतालमा ५० वटा डेन्टल चियर राखेर बिरामीको उपचार भई रहेको छ ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापन पछि अस्पतालका सुधार विभिन्न कार्ययोजना अघि बढाएको छ । कम्पनीले २६ औं वार्षिक साधारणसभा बाट खुमा अर्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

लर्ड बुद्ध एजुकेसन एकेडेमीले ‘बिडिएस, बि.एम.आइटी, बि.एम.एल.टी, बि एस सी नर्सिङ्ग कोर्ष का साथै एम.बी.बिएस., एमडी÷एमएस, सञ्चालन गरिरहेको लर्ड बुद्ध एजुकेसनल एकेडेमी लि . का उप निर्देशक श्याम शर्माले बताए । मुटु रोग सम्बन्धी विशिष्टीकृत सेवा , क्याथल्याब सेवा निकट भविष्यमा शुरु गर्न लागिएको शर्माको भनाई छ ।

२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेसनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ्ग क्याम्पस, मेडिकल कलेज लगायतका प्रतिष्ठानहरूमा १ सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ३० नर्स, १ सय बढी प्यारामेडिकल सहित १ हजार ४ सय बढी कर्मचारी कार्यरत छन । ‘कोहलपुरमा ५ सय २५ र नेपालगन्जमा ३ सय १५ शैयाको अस्पताल सञ्चालन छ । शुक्रवारको कार्यक्रममा लर्डबुद्ध एजुकेसन एकेडेमीका सञ्चालक सुरेश कुमार कनोडिया , काठमाण्डौ विश्व विद्यालयका डिन मनोज कुमार हुमागाईँ लगायतको पनि सहभागीत रहेको थियो ।

Nabintech