३ आश्विन २०८१, बिहीबार
सुलभ र गुणस्तरीय शिक्षा बाहेक अर्को उद्देश्य छैन :  जीवन ज्योति स्कुल


कोहलपुर / कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले सुलभ र गुणस्तरीय शिक्षा बाहेक अर्को उद्देश्य नरहेको प्रष्ट पारेको छ । बुधवार स्कुलमा आयोजित पत्रकार भेटघाटमा स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सेले गुणस्तरीय र सुलभ शिक्षा बाहेक अर्को उदेशय नरहेको बताएका हुन । उनले विद्यालयका नाममा अर्नगल विज्ञप्ति बाजी गरिएको प्रति ध्यानाकर्षण भएको बताए । उनले जीवन ज्योति स्कुल, निजी शैक्षिक गुठी मार्फत सञ्चालनमा रहेको गैर नाफा मूलक शैक्षिक संस्था भएको भन्दै हालको सम्पूर्ण संरचना पछी नेपाल सरकारकै हुने समेत बताए  ।

उनले विगत १२ वर्षदेखि कोहलपुरमा रहेर सुलभ र गुणस्तरीय शिक्षा दिदैँ आएको बताउँदै आफ्नो विद्यालयले कोहलपुर नगरपालिका स्तरीय आधारभुत तह (कक्षा ८) र एसइइमा उत्कृष्ट नतिजा दिदैँ आएको समेत बताए  । समाजमा रहेका सबै वर्ग लाई सुलभ र गुणस्तरीय शिक्षा दिने अभिप्रायले सञ्चालित विद्यालय विरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी) जिल्ला समिती बाँकेका नाममा हाम्रो विद्यालयलाई लक्षित गरि जारी गरिएको विज्ञप्ति प्रति दुख व्यक्त गरेका छन ।विज्ञप्तिमा उनले आफ्नो विद्यालय नेपाल सरकार , कोहलपुर नगरपालिका , नगर शिक्षा समितिको निती नियम र परिधी भित्र रही सञ्चालित रहेको बताउँदै शिक्षा नियमावली भित्र रहेर विद्यालय सञ्चालन गरेको समेत बताए ।

उनले शिक्षा नियमावली भित्र रही न्यनतम १५ प्रतिशत  दिनु पर्नेमा दोब्बर विद्यार्थी लाई छात्रवृत्ति दिएको बताउँदै सोको विवरण कोहलपुर नगर शिक्षा समितिमा रहेको जानकारी दिए ।   विद्यालयले सबै धर्म र जातजाति लाई समान रुपले लिने गरेको बताउदै उनले विद्यार्थीहरूलाई कुनै एकल धार्मिक गतिविधिमा संलग्न नगराएको र गराउन नहुने कुरामा विद्यालय स्पष्ट मान्यता राख्ने विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


अभिभावकबाट प्राप्त शैक्षिक शुल्क लिएर राजनैतिक सङ्घ सङ्गठनहरूलाई आर्थिक सहयोग गर्न नसक्ने र शोभनीय नहुने बताउँदै उनले विद्यालयले विगतमा कोरोना महामारी, बढि पिडीत , भूकम्प पिडीत , असाहाय , अनाथ बालबालिका र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि साधन र श्रोत निरन्तर सहयोग गर्ने गरेको जानकारी दिए ।

उनले अखिल क्रान्तिकारीले विद्यालयमा राष्टिय सम्मेलनका लागी भन्दै ५० हजार आर्थिक सहयोग माग गरेको र सो रकम दिन नसक्ने बताए पछी विद्यालयमा  क्षति पु¥याउने, विद्यालयका प्रधानाध्यापकलाई हुल हुज्जत गरेपछि निज विद्यार्थीहरूलाई प्रहरी प्रशासनको सहयोगमा विद्यालय हाता बाहिर पठाइएको बताएका छन । उनले सहयोग स्वेच्छिक हुनुपर्ने बताउँदै  शैक्षिक संस्थामा धम्की पूर्ण तवरबाट सहयोग माग गर्नु गैरकानुनी र सभ्य समाजका लागि नसुहाउने कुरा भएको बताए ।
नेकपा माओवादी (केन्द्र) का जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स)ले जीवन ज्योति स्कुल र विद्यार्थी सङ्गठन बिच केही असमझदारी पैदा भएको बताउदै सम्मेलनहरूका लागी स्वेच्छिक सहयोग लिने गरेको भएपनि जबर्जस्ती सहयोग लिन निती आफ्नो पार्टीको नभएको बताए ।

Nabintech