३ आश्विन २०८१, बिहीबार
कुनै पनि गैर कानुनी कृयाकलापमा संलग्नता छैन : शाह

छानबिन गर्नुपर्ने विषय मिडियामा ल्याएर चरित्र हत्या गरियो, कानुनी उपचारमा जान्छौ । 



कोहलपुर / बिभिन्न मिडियामा आफ्नो नाम जोडेर आएका समाचार प्रति दिपेन्द्र बहादुर शाहले आफ्नो ध्यानाकर्षण भएको बताएका छन । सोमवार एक प्रेस विज्ञप्ति जारी गदै उनले यस्तो जनाएका हुन ।

विज्ञप्तिमा उनले आफूलाई जोडेर केही दिन यता विभिन्न सन्चार माध्यममा आएका  अनधिकृत प्रचार प्रसार तथा मिडियाबाजीका बारेमा आफ्नु गम्भिर ध्यानाकर्षण भएको बताउँदै प्रहरीले अनुसन्धान गर्नुपर्ने विषय मिडियामा ल्याएर आफूहरूको चरित्र हत्या गरिएको भन्दै दु:ख व्यक्त गरे । हामी त्यस्ता गतिबिधीमा संलग्न भएको आंसका भए अनुसन्धान गरि कार्यवाही दायरामा ल्याउनुको सटा आफूहरू सँग सामान्य सोधपुछ समेत नगरी चरित्रहत्या गर्ने गरि मिडियामा ल्याइएको उनको भनाई छ । विज्ञप्तिमा उनले केही समय अघि आफू र आफ्नु नातेदार भाइ नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक ( डीएसपी ) हेम बहादुर शाही पारिवारिक  घुमघामका लागी १८ जुन २०२४ मा मलेसिया गएको र मलेसियामा घुमफिर गरी सके पश्चात मलेसियाको क्वालालम्पुरमा व्यवसाय  गरी बसी आएका गैर आवासीय नेपाली संघ  एन.आर.एन. मलेसियाका पूर्व अध्यक्ष महेन्द्र जंग शाह लगायत सँग भेटघाट गरी २१ जुन २०२४ मा सिङ्गापुर गएको बताएका छन ।

सिङ्गापुर जाने क्रममा सिङ्गापुर पुलिसले  आफुहरूलाई  नो अब्जेक्सन लेटर माग गरे पश्चात  दिपेन्द्र बहादुर शाह र हेम बहादुर शाहीले नेपाल बाट उक्त पत्र लिएर गएको हुँदा हामी दुवै जना दिपेन्द्र बहादुर शाह र हेम शाहीलाई सिङ्गापुर प्रवेश गर्न दिएको र सँगै गएका महेन्द्र जङ्ग शाह सँग उक्त नो अब्जेक्सन लेटर नभए पश्चात प्रवेश नदिए पश्चात  तिनै जना दिपेन्द्र बहादुर शाह, हेम बहादुर शाही र महेन्द्र जंग शाहका नाममा इन्टरपोल सिङ्गापुर इन्टरपोल काठमाण्डौलाई पत्र लेखी आपराधिक गतिबिधीमा संलग्न भए नभएको खुलाइ पठाइदिनु भनी पत्राचार गरेको थियो ।

इन्टरपोल काठमाण्डौले उक्त गतिबिधीमा हामी दुई जना  दिपेन्द्र बहादुर शाह र हेम बहादुर शाही संलग्न नभएको भनि पत्राचार गरे पश्चात हामी विभिन्न देशमा घुमफिर गरी नेपाल आएको केही समय पश्चात हामीलाई मानहानी तथा नैतिक पतन गर्ने उद्देश्यका साथ केही व्यक्ति तथा सन्चार माध्यम बाट हामीहरूको चरित्र हत्या गरी पारिवारी, सामाजिक तथा नैतिक जीवनमा गम्भिर असर पर्ने गरी आपराधिक गतिबीधीमा सँग संलग्न भएको भनि गरिएको अर्नगल तथा अनधिकृत प्रचार प्रसार तथा मिडियाबाजीका सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।
साथै हाल सम्म मेरो कुनै पनि गैर कानूनी सङ्घ सङ्गठनमा संलग्नता नरहेको पनि जानकारी गराउन चाहन्छु र म समेतका उपरमा लगाईएको गम्भिर आरोप तथा मलाई पर्न गएको अपुरणिय क्षतिका सम्बन्धमा छुट्टै कानूनी उपचारमा जाने कुरा पनि यसै प्रेश विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छु उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आफूहरू सार्वजनिक जीवन बिताई रहेको र कुनै आपराधिक गतिबिधीमा सम्लग्न नरहेको बताउँदै उनले कानुन अनुसार छानबिन लाई सहयोग गर्ने समेत बताएका छन ।

इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र

नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।

डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो । तर, उनीहरू इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘उनीहरूको संलग्नताबारे केही पनि देखिएन । त्यसबारे सिंगापुरलाई जवाफ पठाइसकेका छौँ ।’

घटना के थियो ?

कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे । एकपटक हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे । महेन्द्रजंग पनि सँगै थिए ।

त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न दिएन ।

हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएनन् ।

त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको खुलेको छ ।

मलेसियाले डिपोर्ट गरेपछि नेपाल फर्केका महेन्द्रजंगलाई काठमाडौँमा पक्राउ गरेर प्रहरीले अनुसन्धान पनि गरेको थियो । तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘महेन्द्रजंग चाहिँ सिंगापुरको शंकाको घेरामा रहेछन्, अरूको केही देखिँदैन ।’

Nabintech