कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको यही साउन १२ गते हुने निर्वाचनकालागी शनिवार उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले शनिवार एक सूचना प्रकाशित गरि उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो । सूचना अनुसार लोकतान्त्रीक प्यानलका अध्यक्षका उम्मेदवार टेक नारायण भुषाललाई चुनाव चिन्ह बस , ४ दलीय गठबन्धनका अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाललाई चुनाव चिन्ह अङ्गुरको झुप्पा , र स्वतन्त्र उम्मेदवार विष्णु तिवारीलाई चुनाव चिन्ह जाँतो दिइएको छ ।
त्यसैगरी लोकतान्त्रिक प्यानलका उपाध्यक्षका उम्मेदवार वीर बहादुर बिष्टलाई टेबुल पंखा , ४ दलीय गठबन्धका उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीलाई चुनाव चिन्ह माछा र स्वतन्त्र प्यानल बाट उपाध्यक्षका उम्मेदवार मोहन प्रसाद शर्मालाई चस्मा चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
लोकतान्त्रीक प्यानलका सचिव पदका उम्मेदवार गोविन्द वाग्लेलाई चुनाव चिन्ह मोटर साइकल , ४ दलीय गठबन्धका सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डे लाई कुर्ची र स्वतन्त्र प्यानलका सचिव पदका उम्मेदवार सञ्जय मण्डल लाई कुखुराको भाले चिन्ह दिइएको छ ।
लोकतान्त्रीक प्यानलका कोषाध्यक्ष पदका उम्मेदवार ध्रुव आचार्यलाई चुनाव चिन्ह कित्ली , ४ दलीय गठबन्धका कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीलाई केराको बोट (घरी सहित) र स्वतन्त्र प्यानलका कोषाध्यक्ष पदका उम्मेदवार शिव राज पोख्रेललाई रेडियो चिन्ह प्रदान गरिएको समितिले जनाएको छ ।
लोकतान्त्रीक प्यानलको सह सचिव पदका उम्मेदवार बाल कुमारी सापकोटालाई चुनाव चिन्ह आँप र ४ दलीय गठबन्धका सह सचिव पदका उम्मेदवार यशोदा थापालाई ताला चाबी चिन्ह प्रदान गरिएको छ । सह सचिव पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिइएको छैन ।
सह कोषध्यक्ष पदमा लोकतान्त्रीक प्यानलका ईश्वर प्रसाद शर्मालाई चुनाव चिन्ह हेलिकप्टर , ४ दलीय गठबन्धका सह कोषध्यक्ष पदका उम्मेदवार रेशम लाल सापकोटालाई चुनाव चिन्ह फुटबल र स्वतन्त्र प्यानलका अमृत बहादुर श्रेष्ठलाई चुनाव चिन्ह रिक्सा प्रदान गरिएको छ ।
खुला सदस्यहरूलाई क्रमश झग्गु प्रसाद वलीलाई कोदालो , चक्र दीप शाहलाई कैँची , आशा घर्तिमगरलाई प्रेस कुकर ,केशव राज पोख्रेललाई कांईयो , दुर्गा प्रसाद काफ्लेलाई खरायो , चन्द्र बहादुर घर्तीलाई डोको , काँसी राम घिमिरेलाई गमला (फुल सहितको) , जित बहादुर चौधरीलाई हाति र कमल प्रसाद खनाललाई घोडा चिन्ह प्रदान गरिएको छ ।
महिला सदस्य दिपा कुमारी बस्नेतलाई टेबुल ,टिका देवी सुनारलाई बाघ ,अन्जना सुनारलाई झोला , मेनका न्यौपाने आचार्य लाई भित्ते घडी र खिमसरा बिरकटालाई जरायो चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
शनिवार नै दाबी विरोधको समयमा कुनै पनि उम्मेदवार विरुद्ध दाबी विरोध नपरेको निर्वाचन कार्यालयले जनाएको छ भने उपाध्यक्ष पदकी उम्मेदवार कुन्ती देबी शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ ।