२ कार्तिक २०८१, शुक्रबार
जहाज दुर्घटना : क्याप्टेनबाहेक जीवितै उद्धार हुन सकेन, शव टिचिङ लगिँदै


काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।
नेपाल रेकर्ड सग कुरा गर्दै उनले १८ जनाको शव फेला परेको बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो ।
जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।

Nabintech