२ कार्तिक २०८१, शुक्रबार
अखिल (क्रान्तिकारी) बाँके को २४ औ जिल्ला सम्मेलन भाद्रमा 


क्रान्तिकारी बाँकेले भाद्र २४ जिल्ला सम्मेलन गर्ने भएको छ । बिहीवार सङ्गठन बाँकेको बिस्तारित बैठकले भदौ ९ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जिल्ला संयोजक महेश बस्नेतले जानकारी दिए । जिल्ला सम्मेलन अघि ८ वटा पालिका र क्यापस तहका सम्मेलन सक्ने निर्णय बैठकले गरेको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी इन्चार्ज सूर्य प्रकाश घर्तिमगर साउन महिना भर पालिका र क्यापस तहका सम्मेलन गरिने जानकारी दिए । सम्मेलनको तयारीका लागी गरिएको बिस्तारित बैठकमा बोल्दै माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले शैक्षिक अधिकारी र जनअधिकारका लागी क्रान्तिकारी विद्यार्थीहरूले सडकबाट खबरदारी गर्नु पर्ने धारणा राखे ।

उनले विद्यार्थी आन्दोलन कमजोर भएमा नागरिक अधिकारी र शैक्षिक मुद्दाहरू ओझेलमा पर्ने धारणा राखे । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव सूर्य घर्ती मगर , विद्यार्थी नेता सुरेन्द्र जङ्ग शाह , राजेन्द्र बिष्ट , रेशम अधिकारी लगायतको सहभागिता रहेको थियो । क्रान्तिकारीले पालिका र क्यापस तहबाट छनोट भई आएका प्रतिनिधिका आधारमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुने बताएको छ ।

Nabintech