२३ भाद्र २०८१, आईतवार
दुई दलीय गठबन्धन र संविधान संसोधन प्रतिगमनको नयाँ रूप हो : संयोजक जेम्स 

सम्भावित बिपद्का सामना गर्न पालिका स्तरमा राहत तथा उद्धार समिति 



नेकपा (माओवादी केन्द्र) बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले २ दलीय सहमति प्रतिगमनकै अर्को रूप भएको बताएका छन । शनिवार एक प्रेस वक्तव्य जारी गर्दै उनले संविधान संसोधन सहित निर्माण गरिने गठबन्धनले प्रतिगमनको नयाँ रूप भएको बताए ।

उनले समानुपातिक समाबेसी ,सङ्घीयता धर्म निरपेक्षता सहितको परिर्वतका उपलब्धि मास्ने षड्यन्त्र भई रहेको विज्ञप्तिमा दाबी गरेका छन । उनले प्रचण्ड नेतृत्वको सरकारले  जनता लाई परिवर्तनको अनुभूत गराउने गरि लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्ने गरि भ्रष्टाचार नियन्त्रण गर्न , सुशासन कायम गर्न , जनजिविका लाई सहज बनाउने गरि काम गरि रहेको अवस्थामा एक्कासि सरकार परिर्वतन र संविधान संसोधन गलत भएको बताए ।

उनले सामान्यतया संसदीय राजनीतिमा सरकार परिर्वतन समान्य कुरा भएपनि खास गरि परिवर्तनको एजेण्डाहरू समानुपातिक समावेशिता , सङ्घीयता धर्म निरपेक्षता लाई समेत मास्ने गरि दुई धुव्रका काँग्रेस र एमाले बिच भएको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको बताए ।
हाल सम्म पनि सार्वजनिक नगरिएको उक्त कालो सम्झौताले जनताको परिवर्तनको चहाना भन्दा देश लाई पश्चगमन र दुई दलीय एकाधिकारवाद तर्फ लैजाने माओवादीको दाबी छ। सुशासनका लागी प्रचण्ड सरकारले विगत देखीका भ्रष्टाचारका फाइलहरू एक एक खोली रहेको , पूर्व गृहमन्त्री लगायतका शासकीय अधिकारमा रहेका व्यक्तिहरू छानबिन र कार्यवाही पर्नु सुशासनको पक्षमा एक महत्वपूर्ण काम गरिरहेको र  सरकारले भु माफियाहरूको चङ्गुलमा परेको गिरी बन्धु टि स्टेट, टीकापुर जग्गा काण्ड , सुन काण्ड ,  लगायतका दर्जनौँ काण्डहरूको छानबिन अगाडि बढाई रहेको  सन्दर्भमा एकाएक सरकार परिवर्तन र परिवर्तनका एजेण्डा मास्ने गरि गरिएको संविधान संशोधनको सम्झौताको प्रतिरोध उत्रने चेतावनी दिइएको छ  ।  उक्त सम्झौताको भर्सना गदै प्रतिवाद गर्नका लागी तयार रहन परिर्वतन पक्षपाती आम जनसमुदाय , सञ्चार जगत सबैमा अपिल समेत गरिएको छ ।


सम्भावित बिपद्का सामना गर्न पालिका स्तरमा राहत तथा उद्धार समिति 


माओवादी केन्द्र बाँकेले जिल्ला बाँके वर्षाका कारण डुबान तथा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन पालिका स्तरमा उद्धारका लागि समिति निर्माण गरेको छ । ।  ८ वटै पालिकामा पालिका स्तरमा पालिका पार्टी अध्यक्षको संयोजकत्वमा उद्धार राहत र सहयोग समिति निर्माण गरिएको जेम्सले बताए  

बिश्वमा  जलवायु परिवर्तनका कारणले हुने प्रभावलाई न्यूनीकरण गर्नका लागि पार्टीले वडा, पालिका र जबस मोर्चा जिल्ला कमिटीको नेतृत्वमा नेता कार्यकर्ताको घर हुदै जनस्तर सम्म एक घर ५ बिरुवा रोप्ने र वृक्षारोपण अभियान लाई जिल्ला भर प्रभावकारी बनाउन बिशेष संयोजक जेम्सले अपिल गरेका छन ।  

Nabintech