२३ भाद्र २०८१, आईतवार
वाइसीएल बाँके संयोजकमा ददेल


नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको सनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व गठन गरिएको हो ।

ददेलको संयोजकत्वमा  सुनिल गिरी र लाल बहादुर खड्का सह संयोजक र सचिव सुजल खड्का चयन हुनुभयो ।वाइसीएल बाँकेको कार्यसमितिले बिस्तारै पुर्णता पाउने स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी (सिला)ले वाइसीएल बाँकेले आफ्नो दायित्व निर्वाह गर्दै अगाडि बढ्न निर्देशन दिनु भयो । उहाँले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै सबै जना एक ढिक्का भएर संगठनको हितमा अगाडि बढ्नलाई उत्साह दिनु भयो । इन्चार्ज सुवेदीले पार्टीको स्प्रीट अनुसार चल्नुपर्ने बताउनु भयो । यस्तै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जसरी नेतृत्व लिन तम्सिनु भएको छ त्यसरी नै संगठन निर्माणमा जुट्न वाइसीएल बाँके नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिनुभयो ।

वाइसीएल बाँकेले तत्काल पालिका स्तरीय वाइसीएल बनाउन पहल थाल्ने नवनिर्वाचित संयोजक नरेन्द्र ददेलले बताउनु भयो । संगठनको नीति विधि अनुसार आफूहरु चल्ने सचिव सुजल खड्काले बताउनु भयो ।

Nabintech