२३ भाद्र २०८१, आईतवार
बैजनाथमा माओवादीको वडा अधिवेशन सम्पन्न , ८ वडामै नयाँ नेतृत्व चयन


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बैजनाथले ८ वडामा वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । जि गाउँमा एक कार्यक्रम आयोजना गरि नव निर्वाचित ८ वडाका वडाध्यक्ष हरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य एवम् बैजनाथ गाउँपालिका पार्टी अध्यक्ष जय बहादुर वि .क. ९ प्रदिप ० का अनुसार लोकतान्त्रिक पद्धतिबाट पार्टीले दिएको समयसीमा भित्र नै वडा सम्मेलन गरी नेतृत्व चयन गर्न सफल भएको बताए। यो वडा सम्मेलनलाई समयमा नै सम्पन्न गर्न बैजनाथमा क्रियाशील रहेका सम्पूर्ण पार्टीका सहकर्मीहरूले महत्वपूर्ण भूमिका निभाएको बताएका छन् 

उनले नयाँ चयन भएका सम्पूर्ण वडाका अध्यक्षहरूलाई बधाई तथा शुभकामना दिदै नयाँ नेतृत्वले पार्टीलाई अझ बलियो र सुदृढ बनाउनेमा विश्वस्त रहेको बताए । 

यसैगरी मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि बैजनाथ गाउँपालिका इन्चार्ज एवं प्रदेश सदस्य दल सिंह नाथ योगीले नयाँ चयन भएका अध्यक्ष हरूलाई पार्टीको वृहत विकास र नेकपा माओवादी केन्द्रको म्यान्डेट अनुसार काम गर्न सफल हुनेमा पूर्ण आशा एवं विश्वास रहेको बताए । २०८४ को चुनावमा आठ वटै वडालाई माओवादीमय बनाई यसलाई अग्र स्थानमा ल्याउन सफल हुने आशाका साथ गाउँपालिकाको नेतृत्व लिनसक्ने बताए । 

माओवादी केन्द्र बैजनाथ गाउँपालिका अन्तरगत वडा नं. ७ मा पुन: अध्यक्षमा शत्रुधन थारू दोहरीएका छन भने बाँकी सबै वडामा नयाँ नेतृत्व चुनिएका छन जो पार्टीलाई बलियो बनाउन र वडाको नेतृत्व गर्न सक्षम रहेको बताए । बैजनाथ माओवादी केन्द्र वडा सम्मेलन बाट वडा अध्यक्षमा चुनिन सफल वडा नम्बर १ मा ध्रुव शाही, वडा नम्बर २ मा पूर्ण प्रसाद कोइराला, वडा नं ३ मा शेरबहादुर बस्नेत, वडा नम्बर ४ मा अमर बि. सी. , वडा नं. ५ मा लिखु थारू वडा नम्बर ६ मा अमरनाथ योगी वडा नं ७ मा पुनः शत्रुधन प्रसाद थारू र वडा नम्बर ८ मा चिन्कु पासी रहेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य देव बहादुर राउत, महे शाही, महेन्द्र रोकाया, कुल बहादुर सुनार, कुवेर रिजाल, हुमर्त शर्मा, उपाध्यक्ष चक्र मिलन चन्द लगायतको उपस्थिती  रहेको थियो । 

Nabintech