२३ भाद्र २०८१, आईतवार
क्यान्सर पीडित आफ्ना विद्यार्थीलाई जीवन ज्योति स्कुलको उपचार सहयोग 


जीवन ज्योति स्कुल कोहलपुर १० ले प्राण घातका रोग ब्लड क्यान्सरका पीडित आफ्ना एक विद्यार्थीलाई उपचार सहयोग गरेको छ । क्यान्सर पीडित जीवन ज्योति स्कुलको कक्षा ४ मा अध्ययनरत अध्यन गौतमलाई विद्यालय तथा अन्य निकाय सँगको सहकार्यमा आठ लाख चालीस हजार दुई  सय एकहत्तर रुपैयाँ सहयोग गरेको हो ।   सहयोग रकम बिरामीका अभिभावक अर्जुन उपाध्याय गौतम लाई हस्तान्तरण गरिएको हो । 

गौतमको हाल दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भई रहेको अर्जुन उपाध्याय गौतमले जानकारी दिए । उनको सो अस्पतालमा किमो थेरापी भई रहेको अभिभावकको भनाई छ । उपचार सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले आफ्नो विद्यालयमा पढ्दै गरेका विद्यार्थी लाई प्राण घातक रोग लागेको खवरले आफूहरू निकै दुखी भएको बताउँदै , स्कुल र बिभिन्न निकाय सँगको सहकार्यमा सहयोग रकम संकलन गरिएको जानकारी दिए । अध्यनको उपचार प्रक्रिया चली रहेकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । सामाजिक उत्तरदायित्व बहन गर्न जीवन ज्योति परिवार सदा अग्रसर रहेको भन्दै फादर जोमन जेम्सले आफूहरू अध्यनको जीवन जोगाउन लागी पर्ने बताए ।

जीवन ज्योति स्कुलले कोरोना महामारी , भुकम्प प्रभावित लगायतका बिपति र महामारीमा पनि प्रभावितहरू लाई सहयोग गर्दै आएको छ ।

Nabintech