२३ भाद्र २०८१, आईतवार
ट्राफिक प्रहरी बाँकेको आयोजनामा सवारी चालकहरूको एक दिने निशुल्क स्वास्थ्य जाँच 


भाडाका सवारी चालकहरूको एक दिने निशुल्क स्वास्थ्य जाँच कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको आयोजनमा नेपालगन्ज उपमहानगर पालिका वडा नं २० राँझा चोकमा आयोजना गरिएको शिविरमा ८५ जना सवारी चालकहरूले निशुल्क स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य परीक्षणका लागी चौधरी प्याथोलोजी , आर एल आँखा उपचार केन्द्रले सहयोग गरेको अस्थाई ट्राफिक प्रहरी पोष्ट राझाका प्रमुख नरेन्द्र शाहीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले सवारी चालकहरूको नियमित स्वास्थ्य जाँच आवश्यक हुने बताए । उनले स्वस्थ सवारी चालकले सवारी दुर्घटना न्यूनिकरण हुने उनको भनाई रहेको थियो । शिविरका क्रममा १४ जनाको आखाँमा समस्या भेटिएको थप उपचारका लागी रिफर गरिएको थियो ।

 

Nabintech