५ जेष्ठ २०८१, शनिबार
खजुरा गाउँपालिकाले गरेका कामहरू सार्वजनिक 



खजुरा गाउँपालिकाले पत्रकार सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाको आयोजनामा लुम्बिनी प्रदेश भरका १ सय पत्रकार सँग अन्तरक्रिया गरेको हो । गाउँपालिकाले गरेका कामहरू सार्वजनिक गर्ने तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका वडा नं २ का अध्यक्ष एवं पालिका प्रवक्ता धनी राम वलीले जनताको उच्च अपेक्षा र श्रोत साधनाको सीमित भएका  कारण पर्याप्त काम गर्न नसके पनि केही उदाहरणीय र नविनतम् कार्यक्रमहरू सुरुवात गरिएको बताए ।

गाउँपालिका सँग ज्येष्ठ नागरिक कार्यक्रम मार्फत ज्येष्ठ नागरिकहरू लाई सेवा दिई रहेको बताए । उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा नमुना भएको उनको भनाई थियो । त्यसैगरी सामूहिक कृषि उत्पादन र बजारी करणमा आफूहरूले जोड दिएको उनको भनाई थियो । हरेक वडालाई अलग अलग पकेट क्षेत्र निर्माण गरि कृषि उपज उत्पादमा पालिकाले प्रविधि सहयोग  गर्ने र बजारीकरणका लागी पनि सहजीकरण गर्ने गरेको उनले बताए ।
खजुरामा प्रदेश स्तरका विश्व विद्यालय , फोहरमैला व्यवस्थापन केन्द्र निर्माण , खजुर क्षेत्रको कला साहित्य क्षेत्रको संरक्षण लगायतका कामहरू अगाडि बढाइएको प्रवक्ता बलिले जानकारी दिए । 

Nabintech