४ जेष्ठ २०८१, शुक्रबार
वाईसीएल राप्ती सोनारी अध्यक्षमा धनिराम थारू


योग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल राप्ती सोनारि गाउँपालिका दोश्रो गाउँपालिका सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले धनिराम थारूको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षहरू नेयम कुमार थारू , आशिष पुन मगर ,अरुण थारू सचिव विकास  पौडेल सहसचिव राज कुमार थारू , पूर्ण बहादुर कुवरकोषध्यक्ष मिना गिरी लगायत रहेका छन ।

सम्मेलनको उद्घाटन सत्रमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना , राप्ती सोनारी गाउपालिका अध्यक्ष चिम बहादुर घर्ती , राप्ती सोनारी ७ का अध्यक्ष एवं माओवादी केन्द्रका युवा नेता राम लखन थारू लगायतको सहभागिता रहेको थियो ।

Nabintech