६ जेष्ठ २०८१, आईतवार
माओवादी बाँकेको बिस्तारित बैठक 


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । बैठकमा तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना निर्माण गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

बैठक लाई सम्बोधन गदै माओवादी केन्द्रका उप महासचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले नयाँ ढङ्गको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन । समाजवाद निर्माणका लागी नयाँ ढङ्गको पार्टी आवश्यकता रहेको उनको जोड थियो । 

जाजरकोट र रुकुमका भुकम्प पिडीतहरुका लागी राहतमा परिचालित हुन पनि निर्देशन दिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं स्थाई समिति सदस्य कुल बहादुर केसी , लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, पोलिटब्युरो सदस्य एवं थारू नेता सन्तकुमार थारू , केन्द्रीय सदस्य कृष्णा केसी नमुना , लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू , नेताहरू प्रकाश सुवेदी , अशोक रोकाय ,डम्बर बिक तुफान लगायतको सहभागिता रहेको थियो ।

बैठकले अभियानको हाल सम्मको समीक्षा गदै आगामी काम अन्तरगत  संगठन निर्माण , पार्टी सदस्यता नवीकरण , भेला ,बैठक र जनसेवाका कामको योजना बनाएको जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए ।

Nabintech