६ जेष्ठ २०८१, आईतवार
राहत सङ्कलनमा जुट्यो माओवादी बारबर्दिया 


जाजरकोट र रुकुममा गएको भुकम्प बाट पीडित परिवारहरूका लागी  नेकपा माओवादी केन्द्र बारबर्दिया नगर समितिले राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ । 

आइतबार बसेको  नेकपा माओवादी केन्द्र बारबर्दिया नगर समितिको आकस्मिक बैठकले पार्टी कार्यकर्ता र शुभचिन्तकहरूले  राहत रकम संकलन गरेर सरोकारवालालाई हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष दशरथ अगल पथ ( सुदिन) ले जानकारी दिए । 

नगर समितिको बैठकले भुकम्प पीडितहरूका लागि राहत र उद्धार कार्यमा यथाशीघ्र लाग्न नगरका सबै वडालाई निर्देशन गरिएको र वडा समितिहरू तत्काल राहत सङ्कलनमा जुटेको नगर अध्यक्ष सुदिन ले बताए ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियान का संयोजक एवं बैठकका प्रमुख अतिथि नरेन्द्र  न्यौपाने र लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर थार (कबीर) ले महाविपत्तिको मिलेर सामना गर्नुपर्ने भन्दै राहत सङ्कलनमा जुट्न निर्देशन दिएका थिए ।
संकलित राहत सरोकारवाला मार्फत प्रभावित परिवारलाई हस्तान्तरण गरिने नेता न्यौपानेले जानकारी दिए । 

Nabintech