८ जेष्ठ २०८१, मंगलवार
जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन


जिल्ला प्रशासन कार्यालय  बाँकेले जिल्ला भर बजार अनुगमन लाई तीब्र पारेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेपछि समान नष्ट गर्नुका साथै जरिवाना समेत गराएको छ ।

बुधवार मात्रै जिल्ला बजार अनुगमन समितिले व्यापारीबाट ३० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । नेपालगन्जका ३० वटा पसलको अनुगमन गर्दा नियम विपरित सञ्चालन भएको र म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेपछि जरिवाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

नियम विपरित सामान बिक्री गर्ने एउटा पसललाई २० हजार र अर्कोलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको उनले बताए । म्याद गुज्रिएको बियर र अवैध सुर्तीजन्य बस्तु जफत गरि नष्ट गरिएको पोखरेलले जानकारी दिए । उनले बजार अनुगमनलाई निरन्तरता दिने बताए । चाडपर्वका बेला महङ्गोमा सामान बेच्ने र सामान लुकाएको फेला परे कानुन बमोजिम कारवाही गरिने उनको भनाई छ ।

Nabintech