८ जेष्ठ २०८१, मंगलवार
‘राडर गन’सहित राप्तीसोनारीमा ट्राफिक प्रहरी सडकमा


राप्तीसोनारी  अस्थायी ट्राफिक प्रहरी पोष्ट शम्शेरगजले तीब्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनिकरण गर्न राप्तीसोनारीमा राडर गन सहित मंगलबार राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवाही थालिएको हो ।सवारी दुर्घटना मध्ये अधिकतम दुर्घटना तीब्र गतिका कारण हुने देखिएकोले दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट शम्शेरगजका प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर शाहीले बताए ।

सवारी दुर्घटना न्यूनिकरण गर्न पहलो दिन तिव्रगतिमा गुडेका २ वटा कार १ वटा हाइस र १ वटा यात्रुबहाक बस गरी ४ वटा,सवारी साधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको शाहीले बताए । अब नियमित रुपमा हप्तामा कम्तीमा २ दिन राडरगनको प्रयोग गरि चेकजाँच गरिने उनले बताए ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित अहिले राडरगनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको शाहीले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको छ शाहीले भने राजमार्गमा दैनिकरुपमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रहरी लागीपरेको छ । पोष्टले आफ्नो कार्य क्षेत्रमा ट्राफिक सचेतना सम्बन्धि होडिङ्ग राख्नुका साथै रिफेक्ट टेप टाँस्ने जेब्रा क्रसिङ बनाउने लगायतका कामहरु गदै आएको छ ।

Nabintech