४ जेष्ठ २०८१, शुक्रबार
राप्ती सोनारी ४ को राजपुरमा ऐलानी जग्गाको कित्ता काट सुरु 


भूमि आयोगले आज (मंगलबार ) बाट राप्ती सोनारी वडा न. ४ मा ऐलानी जग्गा नापको काम सुरु गरेको छ । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले वडा न. ४ को राजपुर टोलमा कित्ता काट र नक्साङ्कनको गर्ने कार्यको औपचारिक सुरुवात गरेका हुन ।

औपचारिक सुरुवात गर्दै गाउँपालिका अध्यक्ष पौडेलले तिव्र गतिमा जनताको जग्गाको काम गर्न प्राविधिकहरूलाई निर्देशन समेत दिए । सबै वडाका जनतालाई लालपुर्जा दिन सके अहिलेको जनप्रतिनिधिको निकै ठुलो उपलब्धी हुने बताउँदै कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरण मार्फत सुल्झाएर काम अगाडि बढाउने अध्यक्ष पौडेलले उल्लेख गरे । राप्ती सोनारी गाउँपालिका अन्तरगत भूमि आयोगका अमिन शेर बहादुर रोकाको नेतृत्वमा टोलीले उक्त काम राजपुर टोल बाट सुरु गरेको हो ।

वडा न .४ का वडा अध्यक्ष मिनराज खड्का सन्तोषले आज राजपुर टोलका १ सय ५० जना स्थानीयलाई निस्सा वितरण गरेको जनाउँदै आगामी फाल्गुण सम्म वडाको सबै ऐलानी जग्गाको काम सक्ने दावी गरे । उनले भने नयाँ बर्ष २०८१ सम्ममा सबैलाई लालपुर्जा दिनेहो त्यसको लागी तिव्र गतिमा काम हुनेछ । जग्गा नाप्दा आइपर्ने समस्या समाधानका लागी आफ्नो संयोजकत्वमा वडा सदस्यहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरि ११ सदस्यीय सहजीकरण समिति समेत निर्माण गरेको उनको दावी थियो ।

निस्सा वितरण तथा कित्ता काट कार्यक्रममा समाजसेवी पवन शाह, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मी प्रसाद आचार्य, वडा न. ४ का वडा सचिव होम सुर्य के.सी लगायतको उपस्थिति रहेको थियो ।

Nabintech