४ जेष्ठ २०८१, शुक्रबार
कात्तिक १ बाट कोहलपुरबाटै मालपोत सम्बन्धी सेवा


कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।

मालपोत कार्यालय कोहलपुरबाट त्यसक्षेत्रका बासिन्दाले कात्तिक १ गतेबाट सेवा सुविधा पाउने भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

प्रमुख मालपोत अधिकृत नेपालीले मन्त्रीपरिषद्को २०७८ चैत १७ गते र २०८० भदौ १२ गतेको निर्णयअनुसार बाँकेको कोहलपुरमा मालपोत कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने निर्णय भएबमोजिम कात्तिक १ गतेबाट मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने बताए ।

उनका अनुसार कोहलपुर नगरपालिकाको सबै क्षेत्र (साबिक चटार, रझेना, कोहलपुर र शमशेरगञ्ज गाविस), बैजनाथ गाउँपालिकाको सम्पूर्ण क्षेत्र ९साबिक टिटिहिरिया, बनकटवा, नौवस्ता, चिसापानी र बेलवा गाविस०, राप्तिसोनारी गाउँपालिकाको हालको वडा १, २, ८ र ९ ९साबिक खासकुस्मा, महादेवपुरी, कचनापुर र ढकेरी गाविस० का बासिन्दाले अब मालपोत कार्यालय कोहलपुरबाटै सेवा पाउने भएका हुन् ।

नेपालगञ्जबाट कोहलपुर स्थानान्तरण गर्न आन्तरिक तयारी गर्नुपर्ने भएकाले असोज २६ गतेदेखि असोज ३० गतेसम्मका लागि उक्त क्षेत्रको सेवा प्रवाह मालपोत कार्यालय नेपालगन्जबाट स्थगन गरिएको प्रमुख मालपोत अधिकृत नेपालीले जानकारी दिए ।

मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने भएपछि सो क्षेत्रका बासिन्दाहरूले अब मालपोतसम्बन्धी काम गर्न नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले २०७९ भदौ १२ गते मालपोत कार्यालय कोहलपुरको उद्घाटन गरेकी थिईन ।

Nabintech