७ जेष्ठ २०८१, सोमबार
जनप्रतिनिधि र जनताको सहकार्यले मात्रै समृद्ध कोहलपुर :नगर प्रमुख आचार्य 


कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जनप्रतिनिधि र जनताको सहकार्यले मात्रै समृद्ध कोहलपुर निर्माण गर्न सकिने बताएका छन ।

आइतबार कोहलपुर नगरपालिका वडा नं ९ ले आयोजना गरेको जनता सँग नगरप्रमुख कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नगरवासी र जनप्रतिनिधि बिच नियमित अन्तरक्रिया गरि रहनुपर्नेमा समेत जोड दिए ।

उनले जनप्रतिनिधिले गरेका राम्रा कामको लागी सहयोग र सर्मथन गर्नुपर्ने र जनप्रतिनिधिले जनता का गुनासोहरू सुन्ने र सम्बोधन गर्नुपर्ने धारणा राखे । उनले जनताका अपेक्षा र आर्थिक स्रोत साधन बिच ठुलो अन्तर रहेकाले जनताका अपेक्षाहरू पुरा गर्न नसकिएको बताए ।

उनले पारदर्शिता र सुशासनका जोड दिएको जानकारी समेत दिए । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संगीता कुमारी सुबेदीले कोहलपुर नगरपालिकाले प्रशासनिक सुधारमा जोड दिएको बताइन । उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले लामो समय पछि मात्र प्रतिफल दिने भन्दै शिक्षा क्षेत्रको सुधारमा जोड दिइएको बताइन । कार्यक्रममा बोल्दै कोहलपुर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले जनताको सुझावका आधारमा आगामी योजना निर्माण गरिने भन्दै  आफ्ना गुनासाहरू राख्न आग्रह गरेका थिए ।

वडा नं ९ मा रहेको विद्यालयको समग्र सुधार , सडकको स्तर उन्नति तथा मुस्लिम र थारू समुदायको चेतना विकासमा विशेष जोड दिइएको बताए । कार्यक्रममा स्थानीय वासिन्दाले बाटोमा पहिले नाला निर्माण गरेर मात्र पिच गर्न , पिपरी चोकमा एक सार्वजनिक शौचालय निर्माण गर्न , नगरका मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गर्न , हरिन नगर निर्माणमा दीर्घकालीन योजना सहित काम गर्न सुझाव दिएका थिए ।

स्थानीयले पँहुचको आधारमा विकासको काम हुने गरेको भन्दै आवश्यकताको आधारमा विकासको योजना निर्माण गर्न सुझाव दिएका दिएका थिए । कार्यक्रममा कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढकाल , नगर प्रवक्ता एवं कोहलपुर १४ का अध्यक्ष नम बहादुर आले , कोहलपुर ८ का अध्यक्ष लाल बहादुर राना लगायत सयौँ स्थानीयको सहभागिता रहेको थियो ।

 

Nabintech