७ जेष्ठ २०८१, सोमबार
कोहलपुर नगरपालिकामा  कर्मचारी आन्दोलन


कोहलपुर नगरपालिकाका कर्मचारीहरूले आज नगरपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पारेका छन् ।

कोहलपुर नगरपालिका अन्तर्गत १५ वटै वडाहरूमा कार्यरत कर्मचारीहरूले आन्दोलन स्वरुप पेन डाउन गर्दा सेवा प्रभावित भएको हो । कोहलपुर नगरपालिकामा आज बिहान १० बजे कर्मचारीहरू जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गरिएको स्थानीय तह कर्मचारी सर्घष समितिका सचिव हरि वलीले बताए  ।

बाँकेका सबै स्थानीय तहहरूमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह ठप्प पारेर कर्मचारीहरू अनिश्चितकालीन पेन डाउनमा उत्रिएका सचिव वलीको भनाइ छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसद्‍मा पेश गर्ने निर्णय गरेको थियो ।

उक्त विधेयकमा स्थानीय कर्मचारीहरूको सेवा सुरक्षा लगायतका विषयहरू अस्पष्ट भएकाले देशभरका स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

Nabintech