७ जेष्ठ २०८१, सोमबार
कपिलवस्तुका एमाले प्रदेश समितिका नेता माओवादी केन्द्रमा प्रवेश


काठमाडौँ । कपिलवस्तु जिल्लामा रहि लामोसमय राजनिति गरेका एमालेका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेकाछन ।

बिहिबार नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं संविधान सभा सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका हुन। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेरका थिए ।

हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सलबलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।

पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पुर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक पार्टी अभियानको क्रममा कपिलवस्तु जिल्ला ईन्चार्जको रुपमा खटिकाछन ।नव प्रवेसीहरु संग लामो सम्बाद र राजनितिक बैचारिक बहस पछि उहाँहरु पार्टी प्रबेश गर्नु भएको हो पुर्व मन्त्री अथकले भने कपिलवस्तु जिल्ला ईन्चार्ज समेत रहेका पुर्व मन्त्री अथकले अभियानको अवधिभरी कपिलवस्तुमा थुुप्रै साथिहरु पार्टी प्रबेशको लागि तयारहुनुहुन्छ र उहाँहरु लाई छलफलगरि एकदिन पार्टी प्रबेशको कार्यक्रम हुनेछ । पुर्व मन्त्री अथकका अनुसार अन्य साथीहरु जिल्लामै प्रबेश गर्ने योजना रहेको छ ।

Nabintech