५ जेष्ठ २०८१, शनिबार
राप्ती सोनारी र नरैनापुरको विद्युत बिस्तारले छिटै पूर्णता पाउँछ : मन्त्री बस्नेत 


नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रको  विद्युत बिस्तारले छिटै पूर्णता पाउने बताएका छन । माओवादी केन्द्रको तिन महिने अभियान अन्तरगत मंगलबार बाँकेको राप्तीसोनारी र नरैनापुर पालिकामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी मन्त्री बस्नेतले मेनलाइन बिस्तार भई सकेको भएपनि टोल टोलमा विद्युत लाई बिस्तार गरिने बताए ।

सो क्रममा उनले राप्ती नदिको डुबान तथा कटान नियन्त्रणका लागी बनेको स्थाई तटबन्धका लागी आवश्यक बजेट बिनियोजन गर्ने , सिक्टा सिँचाइ आयोजना र भूमिगत सिँचाइको पर्याप्त व्यवस्था गरिने प्रतिबद्धता जनाए । राप्ती सोनारी ६ को फत्तेपुरमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यन्वयन बाट विकास र समृद्धिको लक्ष्य हासिल गरिने बताए । उनले राप्ती सोनरी क्षेत्रका मुख्य समस्याको रुपमा रहेको नदि कटान तथा डुबान नियन्त्रण र विद्युत बिस्तारको काम लाई प्राथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भूमिहीन दलित र सुकुम्बासी लगायत अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न सरकार लागी परेको जानकारी दिए ।

यस्तै नरैनापुर गाउँपालिकामै आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले त्यस क्षेत्रको विकासका लागी आफूले सक्दो सहयोग गर्ने बताए । उनले विद्युत बिस्तार , राप्ती नदि तटबन्ध , सिक्टा पुर्बिनहर र भूमिगत पानी मार्फत सिँचाइका लागी पहल गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्व मुख्य मन्त्री कुल बहादुर केसी राप्ती सोनारी र नरैनापुरको विकासका लागी माओवादी केन्द्रले विगतमा जस्तै पहलकदमी लिने बताए । कार्यक्रममा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले एक जनप्रतिनिधिका हिसाब आफू प्रदेश र केन्द्र सरकार सँग विकासको पहल गरि राखेको बताइन । 

माओवादी नेता प्रकाश सुवेदी , अशोक रोकाय , दुर्गा बहादुर थारू कबीर , माओवादी केन्द्र बाँक संयोजक नरेन्द्र पाण्डे जेम्स , सचिव डिल्ली बराल प्रदेश समिति सदस्य तथा युवा नेता दामोदर अधिकारी लगायतको उपस्थिति रहेको  थियो ।कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा आम जनताको उल्लेख्य सहभागिता रहेको थियो । 

यस्तै नरैनापुरमा मन्त्री शक्ति बहादुर बस्नेत लाई नरैनापुर गाउँपालिका र वडा नं १ का तर्फ बाट सम्मान गरिएको छ । सो क्रममा नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाह , वडा अध्यक्षहरूको लगायतको सहभागिता रहेको थियो ।

सो क्रममा मन्त्री बस्नेतले राप्ती सोनारी ६ को सहिद पार्कमा निर्मित सहितको प्रतिमामा माल्यार्पण समेत गरेका थिए ।

Nabintech