८ जेष्ठ २०८१, मंगलवार
बारबर्दियामा माओवादी अभियान : संगठन निर्माण र जनसेवा सँगसँगै


नेकपा माओवादी केन्द्रले सुरु गरेको जनता सँग माओवादी विशेष रूपान्तरण अभियान बर्दियाको बारबर्दिया नगरपालिकामा उत्साह जनक तवरले अगाडि बढेको छ ।

शुक्रवार बसेको प्रारम्भिक समीक्षा तथा आगामी कार्ययोजना निर्माणको बैठकले अभियान उत्साहजनक तवरले अगाडि बढेको भन्दै थप प्रभावकारी बनाउन बिभिन्न कार्यक्रमहरू तयर गरेको छ । अभियान अन्तरगत पालिका भित्रका सबै घरघरमा पुगिने अभियान संयोजक एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले बताए ।

उनका अनुसार भाद्र २३ गते वडाहरूमा कार्य तालिका तयार गर्ने , भाद्र २४ देखि असोज ४ सम्म घर घरमा पुगी भेटघाट , पार्टी सदस्यता नवीकरण ,नयाँ सदस्यता वितरण गर्ने, टोल पार्टी कमिटी गठन तथा जवस मोर्चाका टोल कमिटी गठन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी भाद्र २९ गते वडामा महिला भेला , असोज ५ गते प्रत्येक वडाको कुनै सार्वजनिक स्थल सरसफाइ गर्ने ,असोज ७ गते देखि १७ गते सम्म सबै वडाहरूमा जवसका वडा भेलाहरू गरिने छ ।

साथै अभियान अन्तरगत जनसेवाका कामहरू , सहिद तथा बेपत्ता परिवार र घाईते योद्धाहरू सँग पनि छलफल र अन्तरक्रिया गरिने न्यौपानेले बताए । अभियानका क्रममा प्रचण्ड नेतृत्वको सरकारले गरेको भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्न गरेका कामहरू बारे जनता लाई जानकारी गराउने , जनजिविकाका र विकास निर्माण गर्नु पर्ने आगामी कामहरू बारे पनि स्थानीय सँग छलफल गरिने नेता न्यौपानेले जानकारी दिए ।

Nabintech