४ जेष्ठ २०८१, शुक्रबार
 मानव बेचबिखन विरुद्धको १७ औ दिवस : कोहलपुरमा  विविध कार्यक्रम


मानव बेचबिखन विरुद्धको १७औ दिवसका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ। यसैगरी बाँके जिल्लाको कोहलपुर नगरपालिकाकामा पनि विभिन्न कार्यक्रम सहित आज मानव बेचबिखन नियन्त्रणका लागि कोहलपुर क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम मनाइएको हो।

बाँके जिल्लाको कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशको मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत प्रवेशद्वार हो। भारतीय सीमा नाकासँग जोडिएको जिल्ला भएकोले मानव बेचबिखन तथा ओसारपसारको लागि ट्रान्जिट पोइन्टको रुपमा बाँके जिल्लालाई लिने गरिएको छ।

मानव बेचबिखन विरुद्धको १७औ दिवस आज कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उप९शाखाको आयोजनामा बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न संघसस्थाको उपस्थितिमा र विद्यालयका भाइबहिनीको सहभागितामा र्‍याली सडक नाटक सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको हो।

पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तरदेशीय विवाह लगायत विभिन्न बहानामा नेपालीहरू बेचिँदै आएका छन् । नेपालमा नयाँ शैली र मार्ग प्रयोग गरेर मानव बेचबिखन र ओसारपसार भइरहेको छ कतिपय अवस्थामा जान्ने बुझ्ने हुँदाहुँदै पनि ट्र्यापमा परेर मानव बेचबिखनमा परेको अवस्था आउने गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि कोहलपुर बसपार्क भित्रका सबै होटेल लज र यहाँ बाट छुट्ने बसहरूमा स्टिकर टाँस गराइने र मानव बेचबिखन र ओसारपसार सम्बन्धि कुनै गतिविधि भए आफूहरूलाई या सरोकारवाला संघसस्थाहरुमा खबर गर्न अनुरोध गर्दै हस्ताक्षर लिने बताउनु भएको छ।

मानव बेचबिखन नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी तहबाट प्रयास भइरहेको भएपनी अझै पनि समस्या यथावत् नै रहेको छ ।माइती नेपाल कि पुस्पा सुनारले बाँके जिल्लाको खजुरा कोहलपुर नेपालगन्ज विशेष गरेर मानव ओसारपसारको ट्रान्जिट पोइन्ट भएको बताउनु हुन्छ। उहाँले पालिका स्तरमै सबै वडाहरूमा संयन्त्र गठन गरेर यसको विरुद्ध अभियानका थुप्रै कार्यक्रम गरेको जानकारी दिनुभएको छ।

कोहलपुर नगरपालिका हुँदै सीमा नाका भएर भारतमा जानेको लर्को एकदमै बढेको छ अशिक्षित व्यक्ति केही नजानेका भन्दा नि पछिल्लो समय शिक्षित व्यक्ति पनि यसको सिकार भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण आचार्यको भनाई छ।मानव बेचबिखन सम्बन्ध विभिन्न कार्यक्रम गर्दै आएपनी यो कार्य नरोकिएको आम मानिसको बुझाइ रहेको छ।

नेपालमा सम्बन्धित निकायले मानव बेचबिखन नियन्त्रणका लागि हरबखत कोसिस गरेको भएपनी समस्या समाधन गर्न चेतनामूलक कार्यक्रम लगायतका थप कार्यक्रम गर्न आवश्यक छ। साथै मानव बेचबिखन विरुद्ध कडा कानुनी व्यवस्थाका साथै पर्याप्त जनचेतना जगाउनु पर्ने अन्त्यतै आवश्यक देखिन्छ।

Nabintech