८ जेष्ठ २०८१, मंगलवार
माओवादी नेताहरू बाँकेका वडा वडामा 

बाँकेको कुन पालिकामा को को खट्दै ? 



प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल माओवादी केन्द्रका नेताहरू वडा– वडामा पुग्न थालेका छन् । गत मङ्सिर ४ निर्वाचनमा ३२ सिटमा खुम्चिएको माओवादी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेको हो ।

साउन (१७–२१) सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ । भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ उद्घाटन गर्ने तयारी गरेको छ । अहिले ६ हजार ७४३ वटै वडामा अभियानलाई सञ्चालन गर्ने विषयमा कार्यक्रम भइरहेको पार्टी स्थाई समिति सदस्य एवं बाँकेका अभियान संयोजक कुल प्रसाद केसीले जानकारी दिए ।

‘सबै प्रदेशमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ । उहाँहरू अहिले आ– आफ्ना वडामा अभियानको कार्य योजना बनाउन व्यस्त हुनुहुन्छ । पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामा जिम्मेवारी तोकिएको छ । बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका केन्द्रीय निकायका पदाधिकारी, सदस्यहरू, विभागका सदस्यहरू, जन वर्गीय सङ्गठन सबैलाई अभियानमा पठाउने निर्णय गरेको छ । २५ लाख जनताको घरमा पुग्ने माओवादीले लक्ष्य राखेको छ । 

बाँकेको कुन पालिकामा को को खट्दै ? 

बाँके जिल्लाको समग्र अभियानको संयोजन लुम्बिनी प्रदेशका निर्वतामान मुख्य मन्त्री एवं पार्टी स्थाई समिति सदस्य कुल प्रसाद केसीले गरेका छन । उनी झण्डै २ हप्ता अधि देखि बिभिन्न कार्यक्रम सहित बाँकेमा क्रियाशील छन । केसीले बाँके जिल्ला समन्वय समितिको बैठक , पालिका स्तरका प्रशिक्षण सहित बिस्तारित बैठक तथा वडा तहको बैठक तथा प्रशिक्षण सम्पन्न भई सकेको जानकारी दिए बिभिन्न कारणले निष्कृय कार्यकर्ता देखि सहिद तथा बेपत्ता परिवार घाईते योद्धा र आम जनता सँग भेटघाटको कार्यक्रमहरू भई रहेको उनले जानकारी दिए ।

खासगरि नेपालगन्ज र नरैनापुरमा मधेसी तथा मुस्लिम समुदाय , राप्ती सोनारी र बैजनाथ मा थारू समुदाय , भूमिहीन सुकुम्बासी र दलित अगुवाहरू सँग माओवादी पार्टी सँगको अपेक्षाका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू गरिएको उनले बताए ।

नेपालगन्ज उप महानगरपालिका

नेपालगन्ज उपमहानगर पालिकामा जिल्ला अभियान संयोजक सोनाम सहित जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले अभियानको नेतृत्व गरेका छन । पाण्डेले नेपालगञ्जमा वडा तह सम्मको बैठक तथा प्रशिक्षण सकिएको जानकारी दिए । १६ गतेको उद्घाटन कार्यक्रममा आम जनता लाई पार्टी अध्यक्ष एवं प्रधान मन्त्री बाट प्रशिक्षित गर्ने गरि ८१ वटै वडामा तयारी भई रहेको जानकारी दिए । नेपालगन्ज उपमहानगरमा मधेसी नेता एवं प्रदेश समिति सदस्य रक्षा राम बर्मा ,दान बहादुर वली र रतन शाही लगायत नेताहरू खटिएका छन ।

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकामा अभियान संयोजक पार्टी केन्द्रीय समिति सदस्य एवं महिला नेतृ दामा शर्मा खटिएकी छन । उनका अनुसार सबै वडाहरु को बैठक तथा प्रशिक्षण सकिएको छ । शर्मा सहित युवा नेता एवं लुम्बिनी प्रदेश समिति सदस्य दिपेन्द्र शाह युगान्त , मनिषा चनारा ,र अवराज खड्का खटिएका छन ।

राप्ती सोनारी गाउपालिका

राप्ती सोनारीको अभियान संयोजक युवा नेता एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष दुर्गा बहादुर थारू कविर हुन । उनका अनुसार माओवादीको युद्धकालको समेत आधार इलाका रहेको सो क्षेत्रको वडा तह सम्मका कार्यक्रमहरू सम्पन्न भई सकेको छ । थारू अगुवा , जनयुद्धका सहिद परिवार , घाईते योद्धा लगायत सँग भेट घाट तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन । प्रदेश समिति सदस्य दीपक मल्ल , दुर्गा बिक , सबिर खाँ , चिम बहादुर घर्ति निर्मल , राम लखन थारू , सुर्य प्रकास घर्ति मगर खटिएका छन ।

नरैनापुर गाउँपालिका

नरैनापुर  माओवादीका पुराना नेता प्रकाश सुवेदी चन्द्रकान्त अभियान संयोजकका रुपमा खटिएका छन । सुबेदीले वडा तहका बैठकहरू सम्पन्न भएको जानकारी दिए । सुवेदी सँगै दामोदर अधिकारी सम्भव , समालिए  पुन लगायतका नेताहरू खटिएका छन । नरैनापुरमा वडा समिति बैठक , सामाजिक क्षेत्रका अगुवाहरू सँग छलफल कार्यक्रमहरू गरिएको प्रदेश समिति सदस्य दामोदर अधिकारीले जानकारी दिए ।

जानकी गाउपालिका

जानकी गाउपालिका पार्टी जिल्ला सचिव डिल्ली बराल खटिएका छन । बराल सहित दीपक  शर्मा हिमाञ्चल , सालिक राम खड्का लगायतका नेताहरू खटिएका छन । वडा तहको बैठक लगायतका कार्यक्रम गरिएको बरालले जानकारी दिए ।

बैजनाथ गाउँपालिका

बैजनाथ गाउँपालिकामा थारू नेता सन्तकुमार थारू खटिएका छन । थारू सहित देव रावत , कमला शर्मा र तुला राज बिष्ट खटिएका छन । पालिकाको बिस्तारित बैठक ,वडा तहको बैठक तथा प्रशिक्षणहरू सम्पन्न भएको संयोजक थारूले बताए ।

डुडुवा गाउँपालिका

डुडुवा गाउँपालिकामा अभियान संयोजकको रुपमा नेता नवीन शर्मा खटिएका छन । शर्मा सहित नेता जगदिश बहादुर सिह , मञ्जु रोकाय खटिएको संयोजक शर्माले जानकारी  दिए । सो पालिका पालिकाको बिस्तारित बैठक र वडा तहको बैठक सम्पन्न भएको शर्माले बताए ।

खजुरा गाउँपालिका

खजुरा गाउँपालिका अभियानको कमान्ड केन्द्रीय सदस्य प्रकाश चौधरीले गरेका छन । साथै नेता डम्बर बिक तुफान , दल सिह नाथ योगी , राजकुमार बिक लगायतले अभियानको नेतृत्व गरेका छन । खजुरामा पालिका स्तरीय बैठक तथा प्रशिक्षण र वडा स्तरका बैठकहरू सम्पन्न भएको राज कुमार बिकले जानकारी दिए ।

Nabintech