६ जेष्ठ २०८१, आईतवार
शम्सेरगंज खानेपानीमा पदभार ग्रहण


बाँकेको कोहलपुर १४ मा रहेको शम्सेरगंज खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ तथा पदभार ग्रहण गरेका छन् । साउन २० गते अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ पदमा निर्वाचन भएको थियो भने सदस्य सर्वसम्मत चयन भएका थिए ।

यस्तै अध्यक्ष पदमा दान बहादुर वलीले १२१ मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्वन्दी शिवलाल न्यौपानेले ७१ मत प्राप्त गरे । उनि माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य समेत हुन । यस्तै उपाध्यक्ष पदमा भने दुवै उम्मेदवारले ९३ मत प्राप्त गरे । दुवैले सम्झौता बमोजिम गोलाप्रथा मार्फत उपाध्यक्ष चयन भएको थियो । गोलाप्रथा गर्दा कल्पना कडेल खत्रीले विजयी भएकी थिइन् । यस्तै सचिव पदमा पुजा सुवेदीले ११५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्दी तिलक विकले ७१ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्ष पदमा बासुदेव शर्माले १ सय ९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्दी चम्फा मल्लले ७४ मत प्राप्त गरिन् । यस्तै सदस्यहरूमा लक्ष्मी कंवर कार्की, गीता भण्डारी, लक्ष्मी घिमिरे, सुनिता बिक सर्वसम्मत चयन भएका हुन् । आइतबार एक औपचारिक कार्यक्रम गरी शम्सेरगंज खानेपानीले पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत राम पदरथ शर्माले सपथ खुवाएका थिए ।

सपथ पश्चात पूर्वअध्यक्षले निवर्तमान अध्यक्षलाई मान्यूनट हस्तातरण गर्दै पदभार गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १४ का वडा अध्यक्ष नम बहादुर आले रहेका थिए भने नवनिर्वाचित अध्यक्ष दान बहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Nabintech