६ जेष्ठ २०८१, आईतवार
समावेशीले गर्यो मनोनयन


नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले शुक्रबार मनोनयन दर्ता गरेका हो ।

न्युरोड सचिवालयबाट आफ्नो टिम र्‍याली सहित नेपालगन्ज उद्योग वाणिज्य पुगेर मनोनयन गरेको हो।

समावेशी प्यानलबाट अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग) मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढ, सदस्य तर्फ इन्दिरा कुमारी शाही, टोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्द, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) रंगबहादुर खड्का सदस्य (वस्तुगत) तर्फ मनोनयन दर्ता गरेको टंक धामीले बताएका छन ।

Nabintech