८ जेष्ठ २०८१, मंगलवार
कोहलपुर खानेपानी निर्वाचनमा ४ दलीय गठबन्ध निर्माण : अध्यक्षको उम्मेदवारमा खनाल 


कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी निर्वाचनकालागी  चार दलीय गठबन्धन बनाइएको छ । जसले आज आफ्ना उम्मेदवारहरू समेत सार्वजनिक गरेको छ । 

मंगलबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले, माओवादी केन्द्र , राप्रपा, ए. समाजवादीले गठबन्धन गरि रुद्र प्रसाद खनाल अध्यक्षमा चुनावमा होमिने निर्णय गरेको जानकारी दिए ।

जसको उपाध्यक्षमा राप्रपाका याम बहादुर रावत, सचिवमा माओवादी केन्द्रका बल बहादुर खड्का (अविरल ) ,कोषध्यक्ष एकीकृत समाजवादी कि नारायणी ओली सह कोषाध्यक्ष प्रेम पाण्डे सदस्यहरूमा अन्जना बिक ,मेनुका न्यौपाने , केशब पोखरेल ,दुर्गा काफ्ले ,लाल बहादुर बुढाथोकीको नाम सार्वजनिक गरेका हुन ।

सार्वजनिक कार्यक्रममा सो पाटीका नेताहरूले सुशासन कायम गर्न र कोहलपुर बासी लाई स्वस्थ खानेपानीको पहुँच पुर्याउन गठबन्धन गरेर चुनावमा होमिएको बताएका थिए ।

कार्यक्रममा राप्रपाका रुद्र न्यौपाने , माओवादी केन्द्रका अवराज खड्का,तुलाराज बिष्ट बिहानी ,एकीकृत समाजवादीका अब्दुल हुसेन खाँ , माओवादी केन्द्रका नरेन्द्र पाण्डे (जेम्स) , लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी लगायतले गठबन्धका उम्मेदवारहरू लाई शुभकामना दिएका थिए ।एकीकृत समाजवादीका अध्यक्ष शिव डाँगीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा एमालेका अध्यक्ष मन प्रसाद शर्माले गरेका थिए । 

यस अधि नेपाली काग्रेसले एकल रुपमा टेक नारायण भुसालको नेतृत्वमा चुनावमा जाने गर आफ्नो टिम सार्वजनिक गरि सकेको छ ।

Nabintech