५ जेष्ठ २०८१, शनिबार
एसईईमा उत्कृष्ट नतिजा ल्याउने  बाँकेका चार विद्यालय सम्मानित


नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ ।

बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गको इभरग्रिन होटलमा एक विषेश कार्यक्रम गरी सम्मान गरेको हो ।

सम्मान हुनेमा पञ्चमुखी ई.मी. स्कुल, हिमालय विद्या निकेतन, होप इन्टरनेशनल एकेडेमी र तक्षशिला एकेडेमी रहेका छन् ।

पञ्चमुखी ई.मी. स्कुलमा अध्ययरत पुजा खत्री, हिमालय विद्या निकेतनमा अध्ययनरत जोएल गिरी र कविता सुनार, होप इन्टरनेशनल एकेडेमीमा अध्ययनरत गौरी अग्रवाल र तक्षशिला एकेडेमीमा अध्ययनरत सलिना पौडेल रहेका छन् ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख अतिथ्यता र नेशनल प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतको अध्यक्षतामा नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेल, केन्द्रिय सदस्य बामदेव न्यौैपाने लुम्बिनी प्रदेशका सह कोषाध्यक्ष कमल पछाई, , नेशनल प्याब्सनका बाँकेका अध्यक्ष श्याम कुंवर, नेशनल प्याब्सन बाँकेका प्रथम उपाध्यक्ष किशोर राज मल्ल, द्वितीय उपाध्यक्ष चिरिञ्जवी चन्द लगायत विद्यार्थीहरुको समेत उपस्तिथि रहेको थियो ।

Nabintech