७ जेष्ठ २०८१, सोमबार
शिक्षामा अलग्गै पहिचान बनाएको गोरखा युनाइटेड पब्लिक स्कुल


३६ जना पूर्व ब्रिटिस आर्मी , सिंगापुर पुलिस र केही हाल बहाल रहेका आर्मी र पुलिस मिलेर स्थापना गरेको कोहलपुर –२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रुपमा स्थापित छ ।

२०५६ सालमै स्कुल स्थापनाका लागि जग्गा खरिद् गरेका थिए संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेका अनुसार स्कुलले २०५७ सालमा कक्षा ५ बाट कक्षा सञ्चालन गरेको थियो । २०५७ सालमा स्थापना भएको स्कुलले कक्षा नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गराउँदै आएको छ । कक्षा ५ मा १६५ जना विद्यार्थी र आठ जना शिक्षक कर्मचारीबाट स्कुल सुरु भएको हो । हाल १७ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०५८ मा कक्षा ८,२०५९ मा कक्षा ९ सम्म अध्ययपन सुरु गरेको थियो ।

गोरखा युनाइटेडका विद्यार्थीहरूको एसएलसीको पहिलो ब्याच भने २०६० सालको ब्याच हो । स्कूले २०६५ मा विज्ञान संकाय तर्फ आइएससी विज्ञान विषय अध्ययन सुरु गरेको उनले बताए । २०६६ मा प्लस टु तर्फ व्यवस्थापन सङ्कायमा पढाइ सुरु भएको हो । २०७४ सालबाट स्नातक तहमा कृषितर्फ बिएस्सी पढाइ भइरहेको छ । उनी २०५७ सालदेखि सञ्चालक अध्यक्षको भूमिका हाल पनि बहाल छन् । उनी विद्यालय समग्र व्यवस्थापनको जिम्मामा स्कुल स्थापनादेखि नै सक्रिय छन् । यस विद्यालयका लगानीकर्ताहरू अधिकांश बेलायतमा छन् । नेपालमा करिब ५ –७ जना मात्रै लगानीकर्ताहरू रहेका छन् । ती मध्येका एक हुन्, आलेमगर ।

युनाइटेडको प्रिन्सिपलको रुपमा साधना थापा, कृषितर्फ बिएस्सीमा क्याम्पस चिफको रुपमा प्राध्यापक इश्वरीचन्द्र प्रकाश तिवारीले नेतृत्व गरिरहेका छन् । स्कुल स्थापना भएको २२ वर्ष भयो । स्कुल स्थापनाका दुई दशकमा धेरै उतारचढावहरू व्यहोरेको छ गोरखाले । लगातारको लगनशीलताका कारण लोभलाग्दो प्रगतिसमेत गरेको छ । गोरखामा अध्ययन गर्न विद्यार्थीहरूको तँछाडमछाड नै हुने गरेको छ । यहाँ बालबालिका अध्ययन गराउन शक्तिकेन्द्र समेत लाग्ने गरेका छन् । संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष आलेमगर आफूहरूको निकै ठूलो प्रयास र कडा मेहनतका लागि यो स्थानसम्म आइपुगेको बताउँछन् । उनका अनुसार कुनैपनि लगानीकर्ताहरूले एक रुपैयाँ पनि नाफा लिएका छैनन् । वार्षिक रुपमा भएको नाफा विद्यालय मै लगानी हुन्छ ।

अहिले स्कुलको नाममा ९ बिगाहा जग्गा रहेको छ । अहिले भएको पूर्वाधार सबै विद्यालयको हो । आगामी शैक्षिक सत्रबाट कक्षा नर्सरी देखि कक्षा पाँचसम्म फोनबाट अध्‍यापन सुरु गरिनेछ । यतिमात्रै होइन विद्यार्थीहरूको स्विमिङ पुल र शिक्षक कर्मचारीहरूको लागि जिम स्थापना गर्नेसमेत योजना पञ्चवर्षीय योजनामा समावेश छ । आगामी पाँच वर्षमा गोरखा युनाइटेड पब्लिक स्कुल सम्पूर्ण रुपमा डिजिटल स्कुल बन्नेछ । स्मार्ट बोर्ड टिचिङ सुरु हुनेछ भने नर्सरीदेखि स्नातक तहसम्म व्यवहारिक शिक्षा लागू हुनेछ ।

पञ्चवर्षीय योजना सुनाउँदै आलेमगर भन्छन् गोरखामा नर्सरीदेखि युकेजीमा विद्यार्थीले किताब बोकेर स्कुल आउनु पर्दैन । पाठ्यक्रमको कन्सेप्टमा शिक्षकले पुस्तक तयार गरेर व्यवहारिक र प्रविधिमैत्री रुपमा शिक्षा प्रदान गर्नेछन् ।’ योजना कार्यान्वयन २०८० सालको सुरु नै कार्यान्वयनको चरणमा पुगिसकेको छ । विस्तारै माथिल्ला कक्षाहरूमा समेत योजना लागू हुनेछ । २०८१ मा कक्षा १ देखि ५ सम्म लागू हुनेछ । पाँच वर्षमा हरेक वर्ष गरी कक्षा १२ सम्म लागू हुने उनले बताए । त्यसपछि तल्ला कक्षाका विद्यार्थीहरूले झोला र किताब बोक्ने छैनन् । सिनियर कक्षाहरूमा होमवर्क र प्रयोगात्मक काम सबै प्रविधिको प्रयोग गर्दै इमेल मार्फत अध्ययन हुनेछ ।

त्यसको लागि विद्यार्थीहरूसँग स्माट फोन अनिवार्य हुनुपर्नेछ । शिक्षकसँग पनि स्मार्ट फोन हुनेछ । त्यही स्मार्ट फोनमा पुस्तक हुन्छ । त्यसैबाट शिक्षक हरूले पढाउनेछन् । गोरखाका ९० प्रतिशत विद्यार्थी रोजगार गोरखा युनाइटेड पब्लिक स्कुलमा अहिले अध्ययन गरिरहेको ब्याच २१ औँ हो । नर्सरीदेखि कक्षा १० सम्म अहिलेसम्म १७ सय भन्दा बढी विद्यार्थी पासआउट भइसकेका छन् । प्लस टु तर्फ २०६५ देखि हालसम्म १३ सय जना पासआउट भइसकेका छन् । यहाँ अध्ययन गरेका हरू विश्वविद्यालय हरूमा प्रोफेसर सम्म भएका छन् । 

९० प्रतिशत विद्यार्थी सफल भएको स्कुलको तथ्यांक छ । प्लस टुमा विज्ञान पढ्नेहरू पनि नेपालमा विज्ञान विषय पढाइ हुने अधिकांश कलेजमा स्कलरसिप पाइरहेका छन् । अहिले अध्ययन गरिरहेका विद्यार्थीहरूले शैक्षिक रुपमा मात्रै होइन, खेलकुद, विज्ञान प्रविधि, वाक कला लगायतमा निपूर्ण रहेको स्कुलले जनाएको छ । जिल्ला मै उत्कृष्ट रिजल्ट रहेको छ । अबको चार वर्षमा गोरखाको अहिलेसम्मको सिस्टमबाट सम्पूर्ण रुपमा यु–टर्न हुनेछ । स्नातक तहमा बिएस्सीएजी कार्यक्रम गोरखा युनाइटेड पब्लिक स्कुलको सह संस्था हो –गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर ।

यो गोरखा युनाइटेड पब्लिक स्कुलको एउटा युनिट पनि हो । यो स्नातक तह पढाइ हुने कलेज पनि हो । यहाँ बिएस्सीएजी अध्यापन हुन्छ । २०७५ सालमा स्थापना भएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । यसमा ५० जना विद्यार्थीको कोटा रहेको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारी अहिले सातो सेमेस्टर पढाइ भइरहेको बताउँछन् । उनी भन्छन् ,‘कृषि नेपालको मेरुदण्ड हो, कृषि विना जिविकोपार्जन सम्भव छैन । बढ्दो जनसङ्ख्याको भरणपोषण हो । गाँसको लागि आवश्यक हो । रोजगारमूलक शिक्षाका लागि कृषि अध्ययन भइरहेको छ ।’ अहिले कलेजमा चार वटा ब्याच रहेका छन् । सातौ ब्याच इन्टर्नसिप गरिरहेको छ ।  उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्छ । यसमा सात जना विद्यार्थी रहेका छन् । अर्को ब्याचले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्रयोगात्मक रुपमा काम गरिरहेका छन् । 

बाँकी खजुरमा रहेको कृषि अनुसन्धान परिषद्मा पनि विद्यार्थीहरूले काम गरिरहेका छन् । त्यहाँ १७ जना रहेको कलेजले जनाएको छ । विभिन्न विभिन्न आधा दर्जन बढी विषयमा अनुसन्धान गरिरहेका छन् । फोर सेमेस्टर रहेको परीक्षा दिइरहेको छ । सेकेन्ड सेमेस्टर पनि परीक्षा दिइरहेको छ । ‘कृषि पढेकाहरू अक्सर रोजगार छन् । उनीहरूलाई सरकारले लिन्छ । सरकारले आठ देखि १२ सम्म कृषि पढाउन सुरु गरेको छ । उनले भने, सरकारले कृषिमा लोन पनि दिएको छ । खेत छ भने आफै कृषि कर्म गर्न सक्छन् । उनीहरु स्वरोजगार बन्न सक्छन् । उनीहरूले रोजगारी समेत सिर्जना गर्छन् । यो विषय राम्रो रहेको छ ।’ कलेजमा क्याम्पस प्रमुखसहित चार जना जनशक्ति रहेका छन् ।

Nabintech