४ जेष्ठ २०८१, शुक्रबार
राप्ती सोनारीले ल्यायो ८० करोड ९१ लाख बढी बजेट


राप्ती सोनारी गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित गाउँ सभामा अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्बसम्मत रुपमा पारित गरेका छन । सभामा उपाध्यक्ष मनिषासिंह थारुले आगामी वर्षका लागि बजेट प्रस्तुत गरिन ।

कुल ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको छ ।

यस्तै उपाध्यक्ष थारुले न्यायिक समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गरेकी छन । गाउँसभाको संचालन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सन्चालन गरेका थिए । उक्त सभामा राप्ती सोनारीका ९ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

गाउँ सभा आगामी असार १७ गते पुनः बस्ने गरि स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।

Nabintech