४ जेष्ठ २०८१, शुक्रबार
बैजनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम : सबै वडामा तरकारी संकलन केन्द्र


बाँके बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी कृषि र पर्यटनमा जोड दिएको छ ।
शनिवार आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले कृषि र पर्यटनमा जोड दिएका हुन । उनले आत्म निर्भर गाउँपालिका निमार्णका निम्ति गाउँपालिकाका सबै वडामा तरकारी संकलन केन्द्रको स्थापना गरी कृषि उत्पादनलाई बजारीकरण गर्ने नीति लिएको बताए ।
उनले स्थानीय उत्पादनलाई लाई बजार सम्म पुर्याउन र स्वरोजगार र आत्म निर्भर समाजको परिकल्पना गर्नाका किसान सँग पालिका प्रमुख कार्यक्रमलाई निरन्तरता दिएको बताए । रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादन बढाउन विशेष बढावा दिइने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
बैजनाथ गाउँपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा कृषि , पर्यटन संगै स्वास्थ्य शिक्षा सहकारी क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा शाहीले स्वास्थ्य ,शिक्षा, खानेपानी तथा सरसफाइ कृषि तथा सिँचाइ र भू उपयोग ,सहकारी पशुपन्छी र मत्स्यपालन ,युवा तथा खेलकुद ,भौतिक पूर्वाधार ,बन वातावरण तथा विपद व्यवस्थापन ,सुशासन तथा सेवा प्रवाह , समावेशीकरण ,दलित ,क्षेत्रको समग्र विकासका निम्ति गाउँपालिकाले आर्थिक वर्ष २०८० / ०८१ को मुख्य रुपमा नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीले प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।
त्यसै गरी पर्यटन प्रबर्द्धन र धर्म संस्कृति र कला लाई समेत प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसै गरी गाउँपालिकाले आर्थिक वर्ष २०८० / ०८१ निम्ति आइतबार बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बैजनाथ गाउँपालिकाले जनाएको छ ।

Nabintech