४ जेष्ठ २०८१, शुक्रबार
लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ गते बस्दै

नीति तथा कार्यक्रम ल्याईने, २ लाख रोजगारी बढाउने योजना



लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।

रोजगारीका क्षेत्र किटान गरेर गरीब, सीमान्तीकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको पाण्डेले बताए ।

नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम राखिएको छ । हरेक कार्यक्रममा मानवीय विकास, लैंगिक समानता, सामाजिक समावेशीकरणलाई आधार मानेर नीति तथा कार्यक्रमको तयारी छ  ।

Nabintech