४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुर खानेपानी : छानबिन समितिको प्रतिवेदन गुपचुप राख्ने दलहरुको दाउ


जेठ २ र ३ गते सम्पन्न कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले संस्थाको आर्थिक हिसाब पारदर्शी गर्न गठन भएको समितिले प्रतिवेदन तयार पारेपनि गुपचुप  राख्ने प्रयास भएको छ ।

कोषाध्यक्ष एक नारायण चापागाँईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै गठन गरेको छानबिन समिति प्रतिवेदन तयार पारेपनि सो प्रतिवेदन भने सार्वजनिक गरेन । प्रमुख दलहरूको आग्रहमा समितिले प्रतिवेदन सार्वजनिक गर्न नसकेको छानबिन समितका एक सदस्यले बताए । उनले प्रतिवेदन तयार भई सकेपछि सर्वदलीय छलफल गरिएको र दलहरूले हाल सो प्रतिवेदन सार्वजनिक नगर्न दवाव दिएको बताए ।

उनले अव सो प्रतिवेदन नयाँ समिति लाई बुझाइने बताए । उपभोक्ता समितिको दवाव मा छानबिन समिति गठन भएको भएपनि सो प्रतिवेदन गुपचुप राख्ने षड्यन्त्र दलहरू लागेका हुन । यस बिच प्रतिवेदन सार्वजनिक गरेर मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन माग गर्दै वेटर बाँके नामक सामाजिक संस्थाले निर्वाचन समिति लाई ज्ञापन पत्र बुझाएको छ । वेटर बाँकेका उपाध्यक्ष सञ्जय मण्डलले साधारण सभाले पारदर्शिताका लागी गठन गरेको छानबिन समितिले तयार परेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नु पर्ने बताए ।

उनले दलीय सिन्डीकेटका कारण अनियमितता ढाकछोपको प्रयास भई रहेको आरोप समेत लगाए । प्रतिवेदन सार्वजनिक गरेर मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन उनले माग गरे ।

गुपचुपमै चोख्याउन सुरु

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा झण्डै २५ लाखको हाराहारीमा बेरुजु पाएको छ । प्रतिवेदन सार्वजनिक नगरेको भएपनि मुख्य दलहरूले सो प्रतिवेदन अध्ययन पछि आफू नजिकका लाई चोख्याउन समेत सुरु भएको छ । समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनु पूर्व एक पूर्व पदाधिकारीले आफ्नो नाममा रहेको ६१ हजार बेरुजु रकम तिरेका छन । प्रतिवेदन तयार पार्नु पूर्व उनले ६१ हजार तिरेको भौचर छानबिन समिति लाई प्राप्त भएको समितिका एक सदस्यले जानकारी दिए ।

पुन कुनै राजनैतिक दल बाट अध्यक्षमा प्रस्तावित उनले अध्यक्षमा उम्मेदवारी दिनका लागी ६१ हजार रुपैयाँ तिरेका हुन । नाम उल्लेख नगर्ने सर्तमा उनले दशैँ खर्च र बिमा बापतको रकम बेरुजु देखिए पछि पैसा फिर्ता गरेको भौचर समिति लाई बुझाएका हुन । राजनैतिक दलहरूको दलगत स्वार्थकै कारण प्रतिवेदन सार्वजनिक हुन नसको ति छानबिन समितका पदाधिकारीले बताए । निवर्तमान कार्यसमिति दलीय भागबन्डा निर्माण गरिएको थियो ।

नेपाली कांग्रेस बाट अध्यक्ष , नेकपा एमाले बाट उपाध्यक्ष र कोषाध्यक्ष र माओवादी केन्द्र बाट सचिव पद भागबन्डा गरेर दलहरूले प्रतिनिधि पठाएका थिए । झण्डै ८ वर्ष भएको साधारण सभामा नेतृत्व चयनको प्रक्रिया बाँकी छ । फेरी पनि पनि मुख्य दलहरूले भागबन्डा गरेर प्रतिनिधि पठाउने दाउमा छन । दलहरूले प्रत्यक्ष रुपमा प्रतिनिधि पठाउँदा अनियमितता बढेको र त्यस लाई दलहरूले संरक्षण गरेको उपभोक्ताको गुनासो छ । कोहलपुर १० कि उपभोक्ता गङ्गा सुबेदीले खानेपानी दलहरू कार्यकर्ता भर्तीकेन्द्र बनाउन नहुने बताइन । उनले योग्य व्यक्तिहरू सहितको नयाँ टिम बनाएर खानेपानी लाई नयाँ जीवन दिन आग्रह गरिन ।

Nabintech