६ जेष्ठ २०८१, आईतवार
राप्ती सोनारी ३ बाट मध्यरातमा ग्राभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ


राप्ती सोनारी ३ बाट मध्यरातमा ग्राभेल चोर्ने २ वटा टिप्परजेसिभी पक्राउ बैजापुर, गएराती राप्ती सोनारी वडा न. ३ बाट ग्राभेल चोर्दै गरेको अवस्थामा प्रहरीले २ वटा टिप्पर र १ वटा जेसिभी पक्राउ गरेको छ ।

मध्य रातमा गल्रावाज गाउँ नजिकै राप्ती नदीबाट उत्खनन गरेर ग्रावेल चोरी गर्ने रा १ क १०९५, रा १ क १०९६ नम्बरको टिप्पर र भे १ प १९३८ नम्बरको जेसीभी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रविण डाँगीले जानकारी दिए । स्थानीय युवाहरूको सक्रियतामा पक्राउ गरिएको जानकारी दिदै इन्चार्ज डाँगीले कारवाहीको लागी राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा पठाइने जनाए । स्थानीय केही ठेकेदारहरूले अगैया देखि खटनिया सम्म निर्माण हुँदै गरेको खड्का निर्माण सेवाको साइडमा ग्राभेल बोक्न लागेको स्थानीय युवाहरूले जनाएका छन् ।

रातीको समयमा अवैध रुपमा उत्खनन गरेर चोरी गर्ने जो कोहीलाई कानुन अनुसार कारवाही गर्ने राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । पक्राउ परेको टिप्परजेसीभि राप्ती सोनारीसिनाबाजमा तटबन्धको काम गर्दै गरेको भाग्य लक्ष्मी मामा जे.भीको रहेको खुलेको छ ।

Nabintech