६ जेष्ठ २०८१, आईतवार
नेपालगन्ज विमानस्थलबाट भारत सम्मको उडान अनुमति माग्ने माओवादी नेतृत्वको सरकारको निर्णय 


नेपालगञ्ज विमानस्थलबाट भारतमा उडान अनुमति माग्दै पत्र नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति माग्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए । 

नेपाल सरकारले लामो समयदेखि तराईका ठूला विमान स्थलहरु लाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी भारतीय शहरमा उडानको योजना बनाइरहेको छ । तर, भारत भने यसमा सकारात्मक देखिएको छैन । त्यसो त भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई समेत सहज हुने गरी एयर रुट हरु समेत दिएको छैन ।

जसले गर्दा ठूलो सम्भावना भए पनि यी विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराबाट बुद्ध एयरले बनारसमा उडान गर्न चाहेको छ ।

केही समय पहिले नेपालगन्ज विमान स्थलको टर्मिनल भवन निर्माणको प्रगति निरीक्षण गर्न आएका मन्त्री किराती लाई माओवादी केन्द्र बाँकेका नेताहरूले भारततर्फको उडान गर्ने गरि नेपालगन्ज विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमान स्थल बनाउन पहल गर्न माग गरेका थिए । केही समय पहिले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले  बाँकेको भेरी अस्पतालको स्तरउन्नति गने निर्णय गरेको थियो । 

Nabintech