६ जेष्ठ २०८१, आईतवार
युवा संघको महाधिवेशन तयारी पूरा  


नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नबौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

भोलि चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नबौँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य एवम् युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समीक्षा गर्दै युवालाई सामाजिक रूपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताए ।

 पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उनले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्बोधन गर्ने जानकारी दिए । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताए ।

महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुने छन् । 

Nabintech