६ जेष्ठ २०८१, आईतवार
गोल्यान समुहले ९ सय मेगावाट विद्युत उत्पादन गर्दै

 बाँकेमा उत्पादित १० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जोडियो



औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत सफलता पूर्वक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

खजुरा गाउपालिका वडा नं ८ मा सो कम्पनीले १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । तत्काललाई १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले जानकारी दिए । ‘अहिले तत्कालका लागि १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौं,’ उनले भने, ‘करिब २ हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुन्छ ।’ त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी तयारी भएको उनले बताए ।

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भइ चटार हुँदै कोहलपुर सबस्टेसनसम्मको पुर्याइएको छ । रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत बिहीबार बाट राष्ट्रिय प्रसारण लाईनमा जोडन सुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए ।

‘अहिले परीक्षण प्रसारण हुन थालेको छ,’ उनले भने, ‘प्रारम्भिक परीक्षण प्रसारण भएपछि यसलाई नियमित गर्छाैं ।’ उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत खरिद गर्ने उनले बताए । गर्मी समय सुरु भएसँगै हुने विद्युत समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो । यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘ प्रारम्भिक रुपमा शुरु हुने विद्युतले केही सहयोग पुर्याउने छ ।’

बाँकेमा गर्मिको समयमा हाल ६० मेघा वाट विद्युत भारत बाट आयात गरिने गरेको मा सौर्य उर्जा उत्पादन सँग भारतीय बिधुत आयातमा कमी आउने छ । नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर माधव अधिकारीले पश्चिम नेपालको बाँके लागायतका स्थामा सौर्य उर्जाको राम्रो सम्भावना भएको बताए ।

उक्त आयोजनाको सफलता पूर्वक परिक्षण पछि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर बिक तुफानले निरीक्षण गरेका थिए । गोल्यान समुहले खजुरालाई केन्द्र बनाएर ठुलो आयोजना गर्नु गौरवको विषय भएको बताए । उनले सो आयोजना लाई सबै खाले सहयोग गर्न तयार रहेको बताए ।

गोल्यान समुहले ९ सय मेगावाट विद्युत् उत्पादन गर्दै

औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

सो बिधुत गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा रहेका दर्जन बढी (  जलविद्युत र सौर्य ) आयोजना मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत अर्यालले ९ सय मेघा वाट मध्ये ८ सय जलविद्युत र १ सय सौर्य आयोजना मार्फत उत्पादन गरिने बताए । जलविद्युत बाहेक १०० मेगावाट विद्युत सौर्य ऊर्जाको स्रोतबाट उत्पादन गरी प्रसारण प्रणालीमा थप्ने लक्ष्य छ । १०० मेगावाट मध्ये २० मेगावाटका सौर्य विद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् । जसमध्ये १० मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडि सकिएको छ ।

थप ८० मेगावाटका ८ सौर्य विद्युत आयोजना अध्ययन पूरा भई नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) का लागि पालो कुरिरहेका छन् । पश्चिम नेपालको बाँके अतिरिक्त दाङको सतबरियामा १० मेघा वाट , कपिलबस्तुको चन्द्रटा लगायतका स्थानमा शौर्य आयोजना स्थापना गर्ने तयारी रहेका अर्यालले बताए । गोल्यान समूहसँग अहिले जलविद्युत र सौर्य गरी अनुमतिपत्र लिएका १४ आयोजना छन् ।

यी विद्युत आयोजना निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड अमेरिकी डलर (करिब १ खर्ब ६९ अर्ब रुपैयाँ) लगानी आवश्यक अर्यालले बताए । गोल्यान समूहको संलग्नता रहेकोमध्ये सिन्धुपाल्चोकमा निर्माण भएको ३६ मेगावाटको माथिल्लो फलेफी ‘ए’ जलविद्युत आयोजनाको विद्युत चालू वर्षमा नै प्रसारण प्रणालीमा आइसकेको छ । बाँकी १३ वटा विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । सन् २०३० भित्र अनुमतिपत्र लिएका सबै विद्युत आयोजना प्रसारण प्रणालीमा थपिसक्ने लक्ष्यका साथ काम गरिरहेको अर्यालले बताए ।

‘अबको ८ वर्षमा अनुमतिपत्र लिएका जलविद्युत र सौर्य विद्युत गरी सबै आयोजनाको निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,’उनले नेपाल पूर्वाधारसँग भने, ‘सबै सम्भव नभए पनि ९ सय मेगावाटको ८० प्रतिशत आयोजना त अवश्य सम्पन्न हुनेछन् ।’ माथिल्लो बलेफी ‘ए’ बाहेक गोल्यान समूहसँग ९७.२ मेगावाटको इसुवाखोला अर्धजलाशय जलविद्युत आयोजना अहिले निर्माणाधीन छ । यो आयोजना केएनबिआर इसुवा हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेको छ । यो आयोजना २०८० साल चैतभित्र निर्माण सम्पन्न गर्ने तालिका छ । तर, कोभिड–१९ महामारीले आयोजनाको काम प्रभावित भएको हुँदा निर्धारित तालिकाभन्दा १ वर्ष निर्माण धकेलिने देखिएको छ ।

आयोजना एक वर्ष धकेलिँदा पनि २०८१ सालभित्र प्रसारण प्रणालीमा जोड्न सम्भव हुने अर्यालले बताए । यो आयोजना निजी क्षेत्रले स्वदेशी पुँजीबाट निर्माण गरिरहेको अहिलेसम्मको ठूलो हो । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । यो आयोजना प्रतिमेगावाट १० करोड २९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यस्तै, ५४ मेगावाटको तल्लो अप्सुवा आयोजनामा पनि गोल्यान समूहले लगानी गरेको छ । मिजु इनर्जी लिमिटेडमार्फत यो आयोजना हुँदैछ ।

अहिले आयोजनाको निर्माण सुरु गर्नुअघि गर्नुपर्ने पूर्व तयारीका कामहरू भइरहेको अर्यालले बताए । उनका अनुसार आयोजनाको विस्तृत डिजाइनको काम चलिरहेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) का लागि पालो कुरिरहेको छ । सिन्धुपाल्चोकमै ४६ मेगावाटको माथिल्लो फलेफी आयोजना निर्माण हुँदैछ । अप्पर बलेफी हाइड्रोपावर कम्पनीमार्फत अघि बढेको यो आयोजनाको पनि अहिले विस्तृत डिजाइन तयार गर्ने काम भइरहेको छ । यी बाहेकका ४ जलविद्युत आयोजना अध्ययनको चरणमा छन् । ५० मेगावाटको ताराप खोला, ५७ मेगावाटको मुगु खोला, ३०६ मेगावाटको माथिल्लो मुगुखोला, र १३५ मेगावाटको नामलाङ खोला जलविद्युत आयोजना अहिले अध्ययनको चरणमा छन् । ताराप खोला र मुगुखोलाको प्रारम्भिक चरणको अध्ययन भइरहेको अर्यालले बताए ।

Nabintech