६ जेष्ठ २०८१, आईतवार
मन्त्रिपरिषद्को तीन वटा बैठकका निर्णय सार्वजनिक

भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम बिस्तार गर्ने



सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिएकी हुन् ।

जाँचबुझ आयोगका सदस्यहरुमा गणेशबाबु अर्याल र उत्तमबाबु सुवेदी रहेको उनले बताइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण९पहिलो संशोधन० नियमावली, २०७९ स्वीकृत गरेको छ ।
शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने पनि सरकारको निर्णय छ । त्यसैगरी नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । मन्त्री शर्माले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद्को गत चैत १४ गते बसेको बैठकले नेपालको पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा ९जिईएफ०बाट करिव ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालिन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, ग्रामिण सडकको स्तरोन्नतिको लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने र नेपाल चाइना बोर्डर इपिडेमिक प्रिभेन्सन एण्ड कन्ट्रोल मेकानिजमको दुई पक्षिय बैठकमा सहभागि हुन स्वीकृति दिने निर्णय भएको छ ।

सोही दिन बंगलादेशमा आयोजना हुने नेपाल–बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यसमूहको पाँचौ बैठकमा सहभागि हुन ऊर्जासचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको छ । मन्त्री शर्माका अनुसार जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

यस्तै मन्त्री शर्माले चैत्र १० गते बसेको मन्त्रिपरिषद् बैठकले देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका – ३ तनहुँका भीम बहादुर रानालाई तोक्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै चौरजहारी नगरपालिका रुकुम पश्चिमलाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनको लागि जग्गा प्राप्ति गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। शैलेन्द्रराज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत गर्ने, भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम बिस्तार गर्ने र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा लिलानाथ भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको पनि मन्त्री शर्माले बताइन् ।

Nabintech