५ जेष्ठ २०८१, शनिबार
नेपालगन्ज नर्सिङ क्याम्पसमा अखिल (क्रान्तिकारी)की दिपीका सोनी निर्वाचित


त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट अखिल क्रान्तिकारीकी दिपीका सोनी निर्वाचित भएकी छिन् ।

संयुक्त प्यानलमा अखिल (क्रान्तिकारी) , नेविसंघ   र अनेरास्ववियु (नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु नेकपा (एमाले) निकटका तर्फबाट अध्यक्ष पदमा निलिमा गिरीलाई ३ मतले विजयी हासिल गरेकी छिन् ।

अध्यक्ष पदमा दिपीका सोनीले ८१ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निलीमा गिरीले ७८ मत प्राप्त गरेकी छिन् । अध्यक्ष पदमा २ मत बदर भएको निर्वाचन कमिटीले बताएको छ ।

उक्त नर्सिङ क्याम्पसमा १ सय ६१ जति मत खसेको थियोे । यसपटक तिनवटा संघ र संगठनले गठबन्धन गरेका थिए ।
संयुक्त प्यानलको टीमबाट दिपिका सोनी अध्यक्ष पदमा र कोषाध्यक्षमा संयुक्त प्यानलकी रेलुसा खत्री निर्वाचित भएकी छिन् ।

त्यसैगरी सचिव पदमा अनेरास्ववियुकी देवार्चना अधिकारी निर्वाचित भएकी छिन् । सदस्य पदमा संयुक्त प्यानलकी रश्मी अधिकारी १ जना र अनेरास्ववियुबाट इशा पौडेल र बिनिता बेल्वासे २ जना निर्वाचित भएका छन् ।

Nabintech