कोहलपुर/यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय कोहलपुरमा स्थापना गर्ने बिषयले बाँके जिल्ला तातिएको छ । सेवा कार्यालय स्थापनाको बहसका बिषयलाई लिएर नेपालगंजका क्रियासिल राजनितीक दलहरुले मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्य मन्त्रीलाई सयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन । उनिहरुले नेपालगंजमा रहेको यातायात व्यवस्था कार्यालय कुनै खालि रहेको सरकारी भवनमा सारेर व्यवस्थीत गर्न माग गरेका छन । नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र,राप्रपा लगायतका राजनितीक दल र तिनका भातृ संगठनले संघीयता संगै अधिकाँस कार्यालय नेपालगंज बाट अन्यत्र सारिएको भन्दै बिरोध गरेका छन ।
यता कोहलपुरबासिले भने संघियताको मर्म अनुसार सहज र सरल सेवा प्रवाहका लागी कोहलपुरमा यातायात कार्यालयको सेवा कार्यालय अति आवश्यक रहेको बताएका छन । प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले कोहलपुरमा यातायत कार्यालय नभएर यतायात कार्यालयको सेवा कार्यालय स्थापना गर्न लागिएको भन्दै यसको बिरोध गर्न आवश्यक नरहेको बताईन । उनले लाईसन्सको टायलका लागी ट्रायल सेन्टर समेत कोहलपुरमा रहेकाले लाँईसन्स लिने प्रयोजनका गरिने बायो मेटिक, लिखित परिक्षा, लाईसन्स नबिकरण , ब्लुबुक नबिकरण लगायतका आधारभुत कामहरु कोहलपुर गर्नका लागी सेवा कार्यालय स्थपना गर्न लागिएको बताईन ।
लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले पनि नेपालगन्जबाट यातायात कार्यालय कोहलपुर सार्ने नभएर । नागरिकलाई सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गर्दै एउटा युनिट कोहलपुरमा सन्चालन गरिन लागेको बताईन ।
अर्का लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सबै नागरिकले सहज सेवा पाउन भन्ने मनसायले लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात को सेवा बिस्तारको लागि कार्यालय संचालन गर्ने तयारी भई रहेको बताए । उनले यसको बिरोध आवस्यक नरहेको बताए ।
प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका आन्तरिक मामाल तथा कानुन मन्त्री आदेश अग्रवाल भने सेवा कार्यालयको नाममा यातायात कार्यालय नै कोहलपुर सारिने हो कि भन्ने चिन्ता नेपालगंज वासीमा रहेको बताए । उनले तत्काल नेपालगंजमा रहेका सरकारी भवनमा यातायत कार्यालय सारेर प्रभावकारी सेवा दिनु पर्ने धारणा राखे । संघियता पछि नेपालगंज चेपुवामा परेको उनको भनाई छ ।
लुम्बिनी प्रदेश उद्योग तथा यातायत मन्त्रालयका बरिष्ट शाखा अधिकृत प्रदिप खनालले नेपालगंजमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा बिस्तार वा नयाँ कार्यालय स्थापना बारे हाल सम्म कुनै निर्णय नभएको जानकारी दिए । खनाले सेवा बिस्तार वा नयाँ कार्यालय स्थापना बारे अध्यन गर्न मन्त्रि परिषदको निर्णय बाट सम्क्षिप्त ओएनएम गर्न एक समिती निर्माण गरिएको जानकारी दिदै सोहि समितीको निर्णयको आधारमा थप काम अगाडी बढाईने जानकारी दिए ।
कोहलुर नगरपालिकाको नगर कार्यापालिकाको बैठले यातायत व्यवस्था कार्यालयको सेवा कार्यालय स्थपना गर्नका लागी निशुल्क भवन उपलब्ध गराउने जानकारी सहितको पत्र आएकाले सो बारेमा अध्यन गर्न समिती गठन भएको जानकारी दिए । उनले टायल सेन्टर कोहलपुरमा रहेकाले बायो मेटिक र लिखित परिक्षा लिने
सेवा बिस्तार गर्ने ढंगबाट कुराहरु आएका भएपनि ठोस निर्णय नभएको जानकारी दिए । उनले कोहलपुरमा सेवा कार्यालय स्थापना भएपनि नेपालगंजको कार्यालय भने पुर्ववत सञ्चालनमा रहने जानकारी दिए ।
कोहलपुर नगरपालिका कार्यपालिका सदस्य एंव कोहलपुर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले कोहलपुर क्षेत्रका सेवा ग्राहीका लागी खालि रहेको पुरानो वसपार्क भवनमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए । उनले नेपालगंजमा रहेको कार्यालय पुर्ववत सञ्चालन हुने भएकाले नेपालगंजका सेवाग्राही सेवा लिन कोहलपुर आउन नपर्ने भएकाले बिरोध तर्क संगत नरहेको धारणा राखे । कोहलपुरका जनताको सेवा र सुबिधाका लागी स्थानिय सरकार र प्रदेश सरकारले त्यस लाई सम्बोधन गर्ने कुरा न्याय संगत भएको धारणा राखे ।