६ कार्तिक २०८१, मंगलवार
कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदिप भट्टराई विजयी 


कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदिप भट्टराई विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार ७ सय ९५ मत ल्याउँदै भट्टराई अध्यक्ष पदमा विजयी भएका हुन् । कुल खसेको एक हजार ४ सय ९५ मतमध्ये उनले ७९५ मत प्राप्त गरेका थिए । भट्टराईले आफ्नो निकटतम प्रतिद्वन्द्वी अञ्जना धिताललाई १४९ मतले पराजित गरे । धितालले ६ सय ४६ मत प्राप्त गरिन् ।

कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र प्रगतिशील व्यावसायिक समुह निर्माण गरेर चुनावी मैदानमा होमिएका थिए । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार लोकतान्त्रिक समावेशी व्यावसायिक समूहले वर्चस्व कायम गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा  लोकतान्त्रिक समूहकै चण्डिप्रसाद गैरे विजयी भएका छन् । ७ सय ८४ मत ल्याउँदै गैरे विजयी हुँदा प्रगतिशील प्यानलका भुपेन्द्रप्रसाद काफ्लेले ६ सय ४३ मत ल्याएका थिए ।

उद्योग उपाध्यक्षमा भने १ मत बढी ल्याएर प्रगतिशील प्यानलका अर्जुन कुमार सुवेदी विजयी भएका छन् । सुवेदीले ७ सय १६ मत ल्याएर भने पराजित भएका लोकतान्त्रिक समूहका हरिशरण के . सीले ७ सय १५ मत प्राप्त गरे ।

वस्तुगत उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका राकेश बिष्ट भारी मतान्तरले विजयी भएका छन् । उनले ८ सय ४९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रुपक कुमार भुजेलले ५ सय ८० मत ल्याए ।

लोकतान्त्रिक समूहकै दीपक बहादुर भण्डारी महासचिव पदमा भारी मतान्तरले विजयी भए । उनी ८ सय ३५ मत ल्याएर विजयी हुँदा प्रगतिशीलका दीपक अर्यालले ५ सय ६९ मतमा ल्याएका थिए  । उप महाचिव पदमा समेत लोकतान्त्रिक समूहका राजकुमार पौडेल विजयी भए । उनले प्रगतिशीलका गोपालप्रसाद अधिकारीलाई पराजित गरे ।

पौडेलले ७ सय ६५ मत र अधिकारीले ६ सय ४५ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा समेत लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । यो समूहबाट ७ सय ४८ मत प्राप्त गर्दै भूमिराज कँडेल विजयी भए । प्रगतिशीलका गंगा कुमारी बगालेले ६ सय ६७ मत ल्याइन् ।

सह  कोषाध्यक्षमा भने प्रगतिशील प्यानलका टंक प्रसाद खनाल विजयी भएका छन् । उनले लोकतान्त्रिकका देविलाल विश्वकर्मालाई पराजित गरे । खनालले ७७६ मत प्राप्त गर्दा विश्वकर्माले ६२८ मत प्राप्त गरे ।

महिला सदस्यमा ममता थापा र सीता योगी अधिकारी विजयी भएका छन् । खुला सदस्यहरूमा अंकित सिग्देल, ढकबहादुर थारू, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरणप्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसियट सदस्यमा राजेन्द्रप्रसाद रिजाल विजयी भएका छन् ।
बिजय पछि कुरा गर्दै नव निर्वाचित अध्यक्ष प्रदिप भटराईले कोहलपुरको आर्थिक क्षेत्र लाई चलायनमान बनाउन व्यवसायीहरुको सल्लाह र सुझाव अनुसार अगाडी बढने बताए । उनले चुनाबि प्रतिबद्धताहरु पुर गर्न लागी पर्ने बताउदै पराजित उम्मेदवारहरु लाई समेत साथमा लिएर अगाडी बढ्ने धारणा राखे ।
व्यवसायी हितका लागी पराजित उम्मेदवारहरुको साथ पनि उतिकै आवश्यक रहने उनको भनाई छ ।

Nabintech