२ कार्तिक २०८१, शुक्रबार
प्रदिप भटटराईले नेतृत्व गरेको लोकतान्त्रिक समूहलाई विजयी बनाउन संयुक्त अपिल


शनिवार हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भटटराईले नेतृत्व गरेको लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई विजयी बनाउन पाँच राजनीतिक दल सहित संघका पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा अपिल गरेका छन् ।
नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित संघका पूर्व अध्यक्ष चिन्तामणि धिताल, निवर्तमान अध्यक्ष चक्र बहादुर अधिकारी एवम् निवर्तमान महासचिव तेज प्रसाद अधिकारीले संयुक्त रुपमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन अपिल गरेका हुन् ।
“कोहलपुर नगर क्षेत्रमा रहनुभएका उद्योगी – व्यवसायी दाजु–भाई, दिदी वहिनी, समाजसेवी, बुद्धजीवी तथा प्रबुद्ध व्यक्तिहरू, यही कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहका सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउनहुन हार्दिक अपिल गर्दछौ ।” संयुक्त रुपमा हस्ताक्षरित अपिलमा भनिएको छ ।


यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिशरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा,  मान बहादुर बुढाथोकी,  राजेन्द्र प्रसाद रिजाल  एसोसिएट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शीतल योगी अधिकारी र ममता थापा पनि चुनावी मैदानमा उत्रिएका छन् 

Nabintech