२ कार्तिक २०८१, शुक्रबार
कोहलपुरमा उद्योग र व्यवसाय मैत्री वातावरण निर्माण गर्न मेरो उम्मेदवारी : बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भुपेन्द्र प्रसाद काफ्ले


कोहलपुर ११ मा रहेको ओम शिव शक्ति ग्रुप कोहलपुरका सञ्चालक तथा निर्देशक हुन भुपेन्द्र प्रसाद काफ्ले । झण्डै दुई दशक देखि कोहलपुर क्षेत्रमा पेय पदार्थ , गुट्खा लगायतका  व्यवसायमा उनी असंलग्न छन । उनले बोटलर्स नेपाल तराई लि . का उत्पादन कोक , फेन्टा र स्प्राईट , देउती गुट्खा इन्डष्ट्रिजको मेगा श्री र सूर्य नेपाल प्रालिका चुरोटहरु को अधिकृत बिक्रेताका रुपमा काम गर्दै आएका छन । प्रगतिशील व्यवसायी समुह बाट बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका काफ्ले संग उनको उम्मेदवारी बारे गरिएको कुराकानी ।

१. तपाईँको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार किन ?

कोहलपुर उद्योग वाणिज्य सङ्घको यही कार्तिक ३ गते हुन गइरहेको निर्वाचनमा मैले अन्जना धिताल नेतृत्वको प्रगतिशील व्यवसायी समुहबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । व्यवसायीको हितका लागी जन्मिएको संस्थालाई व्यवसायीका हित अनुकुल सञ्चालन गर्न र सम्पूर्ण व्यवसायीलाई कोहलपुर उद्योग वाणिज्य सङ्घ मेरो अभिभावक संस्था हो भन्ने भावना पैदा गराउन मैले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । सङ्घको संस्थागत विकासका लागी विगत ६ वर्ष देखी बिभिन्न पदमा रहेर काम गरेको र खास गरि कोहलपुर क्षेत्रमा उद्योग र व्यापार मैत्री वातावरण निर्माण गर्न मेरो उम्मेदवारी हो ।

२ बरिष्ठ उपाध्यक्षको हैसियतले तपाईँको व्यवसायिक एजेण्डा के के हुन ?

मुख्य रुपमा हाम्रो समुहले र मैले उठाएका एजेण्डा भनेको वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउनु पर्छ भन्ने नै हो । खुला सिमाना र भारतीय सिमा बजारका कारण पिल्सिएको कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्ता शिक्षा मार्फत स्वदेशी बस्तु र उत्पादन  प्रबर्द्धन गर्ने रहेको छ । भारतीय बजारमा भन्दा नेपालमा सस्तो गुणस्तरीय पाइने कयौँ उपभोग्य सामान खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन । तिन लाई कोहलपुरमै बस्तु खरिद गर्ने वातावरण निर्माण गर्नुपर्ने छ ।

फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई स्थानीय सरकार सँगको सहकार्यमा उचित स्थानमा बजार व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नुपर्ने छ । यस क्षेत्रमा रहेका साना लघु उद्यम तथा ठूला उद्योगहरूको बिकाश , बिस्तार र संरक्षण गदै नयाँ उद्योग स्थापनामा जोड दिने र सोका लागि आवश्यक पहल गर्ने ।
साथै कोहलपुरलाई औद्योगिक ग्रामको रुपमा विकास गदै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा विकास गर्ने योजना छ । विधागत बजार जस्तो अटो , कृषि , मासु बजार लाई व्यवस्थीत गर्ने लगायत पर्यटन उद्योगको विकास गरि रोजगार सृजनामा जोड दिनु पर्ने देखेको छु ।कोहलपुर १२ को चपरगौढी बजार लाई रात्रिकालीन बजारका रुपमा विकास गर्ने सोच छ । समग्रमा कृषि उद्योग , पर्यटन उद्योग , घरेलु तथा लघु उद्यमको विकास गदै कोहलपुर लाई एक औद्योगिक मैत्री क्षेत्रको रुपमा विकास गर्ने सोच छ ।

३. सङ्घ लाई व्यवसायी मैत्री कसरी बनाउने ?

व्यवसायीका हरेक समस्यामा हामी व्यवसायीका साथमा रहन सक्नु नै व्यवसायी मैत्री हुनु हो । सदस्य लाई भोट बैकका लागी प्रयोग गर्ने भन्दा उनीहरूको हितमा कसरी सङ्घ समर्पित गर्ने भन्ने मुख्य कुरा हो ।उपभोक्ता हित बारे सचेतना जगाउदै बजार लाई चलायमान बनाउने र व्यवसाय बन्द गरेर विस्थापन हुने वातावरणको अन्य गर्ने कुरा नै प्रमुख कुरा हुन । हामी कोहलपुरमा सम्भावनाको खोजी गछौँ ।
घरबेटी र व्यवसायी बिच देखिने घरबहाल समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्न पहल गनु पर्ने लगायतका थुप्रै व्यवसायीक ऐजेण्डाहरु छन । उद्योगी र व्यवसायीको समस्यामा मलम लगाउने काम गर्न सके मात्रै संघ व्यसाय मैत्री बन्नेछ ।

४ थप केही भन्नु छ ?

कोहलपुर उद्योग वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउका लागि हामी अन्जना धिताल नेतृत्वको प्यानलबाट चुनावी मैदानमा छौ । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्वद्धन र प्रबर्द्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ ।
कोहलपुर बाणिज्य सङ्घको संस्थापक अध्यक्ष कर्ण बहादुर थापा लगायत पुर्व अध्यक्ष र संस्थापक सदस्य लगायत सम्पुर्ण अग्रजहरुको साथ र सहयोगमा हामिले कोहलपुर उद्योग बाणिज्य सङ्घ लाई नमुना बाणिज्य संघका रुपमा विकास गर्ने बाचा गछौ ।

Nabintech