३ आश्विन २०८१, बिहीबार
रुद्रप्रिया इन्टरनेशनलले नेपालगञ्जमा शुरु गर्यो टाटाको पन्च इभीको बिक्री


नेपालगञ्जका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता रुद्रप्रिया इन्टरनेशनलले पन्च ईभी भेरियण्ट नेपालगञ्जमा सार्वजनिक गरेको छ ।एक कार्यक्रमका बीच सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति , नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्ट र रुद्रप्रिया इन्टरनेशनलका प्रमुख माधव शर्माले सयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्ट टाटाको इतिहास पुरानो र विश्वासिलो रहेको बताउंँदै नेपालमा यस्ता प्रकारको इभी गाडी प्रयोग गर्न जोड दिए । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले टाटाको देशभर चार्जर स्टेशसनको पहुंँच सहज भएकोले यसको बिक्री बढ्ने विश्वास व्यक्त गरे । उनले टाटाको नेक्सन आएपछिनै नेपालमा इभि र इकोसिष्टम गाडीको बहार आएको बताए । नेपालमा टाटा गाडीको सम्बन्ध ४२ बर्ष भएको भन्दै ग्राहकलाई ढुक्कसंँग प्रयोग गर्न आग्रह गरे ।

उनले टाटा पन्च इभीले भारतमा बिक्रीको रेकर्ड तोडेको बताउँदै नेपालमा पनि यसले उचाई प्राप्त गर्ने विश्वास गरे ।पन्च इभीको सबै सिष्टम अटोमेटिक र चालकमैत्री भएकोले यो नेपालको माटो र मुल्य सुहाउने गाडी भएको दाबी गरे ।

टाटा पन्च ईभी शुरुवाती मूल्य रु ३८ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । लन्चिङ्गको अवसरमा गाडी बुकिङ्ग गर्ने ग्राहकलाई टाटाको चार्जिङ्ग स्टेशनबाट चार्जिङ्ग गर्दा ८ बर्षसम्म निशुल्क सुविधा दिइने सिजापतिको भनाई छ ।

रुद्रप्रिया इन्टरनेशनलका प्रमुख शर्माले ग्राहकले पन्च इभिको बुकिङ्ग दर राम्रो भएको भन्दै यसले बाँके जिल्लाका ग्राहकको रोजाइमा पर्ने बताए । शर्माले गाडीको बिक्रीका साथै यसको सर्भिस र सपोर्टको लागि कुनै कमी नराख्ने बताए ।
टाटा मोटर्सको ईभि प्रयोग गर्दै आउनु भएका नेपालगंका प्राध्यापक रुद्र तिमल्सेनाले बिस्वासिलो भरपर्दो रहेको बताए

Nabintech