२ कार्तिक २०८१, शुक्रबार
गुडन्युजका सम्पादक डा. धिताल भारतको दिल्लीमा सम्मानित


नेपालगन्ज / गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित हुनुभएको हो ।

अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतिय मुख्य डिजाइनर आस्मा गुल्जार, मदम श्री सुन्त्या हातबाट डा. धिताललाई सम्मान गरिएको ब्राण्डम्यानका  अध्यक्ष अंकित कौशिकले बताउनु भयो । पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बायोटाको आधारमा छनोट गरेर डा. धिताललाई सम्मान गरिएको संस्थाकी सदस्य निलमले बताउनु भयो । भारतका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३२ प्रान्तका ६९ जनालाई सम्मान गरिएको थियो । राजदुत महरुवाले कार्यक्रममा बोल्दै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिनु भयो ।

उहाँले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै फेसन डिजाइनर गुल्जारले ब्रान्डम्यानले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै संस्थाको प्रसंशा गर्नु भयो । कार्यक्रममा बोल्ने अधिकांश वक्तहरुले सम्मानितहरुलाई बधाई तथा शुभकामना दिनु भयो ।

Nabintech