२ कार्तिक २०८१, शुक्रबार
माओवादी केन्द्र नेपालगञ्ज १४ को सम्मेलन सम्पन्न 


नेकपा (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ मा नयाँ नेतृत्व चयन गरिएको छ । आईतवार सम्पन्न वडा सम्मेलनले गुलाम रसुलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा खलिल कबडीमा , सचिवमा कमलेश कुमार पाठक लगायत २१ सदस्य रहेका छन ।

सम्मेलन उद्घाटन सत्रमा बोल्दै माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले वडा समिति जनताका काममा जुटन निर्देशन दिए । उनले केन्द्र र संघीय सरकार माओवादी केन्द्रको नेतृत्व माओवादी केन्द्रको रहेकाले विकास र जनताका समस्या समाधानको नेतृत्व गनु पर्ने धारणा राखे ।

उनले सुशासनका क्षेत्रमा माओवादी केन्द्रले गरेका कामहरू जनता माझ लैजान समेत निर्देशन दिए । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बाँकेले जिल्लाका ६० वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।नेकपा ( माओवादी केन्द्र ) का लुम्बिनी प्रदेश सदस्य तथा  युवा नेता दिपेन्द्र बिष्टले जन जनमा माओवादी मन मनमा माओवादी भन्ने नाराका साथ जनताका घर दैलोमा पुग्न आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर पालिकाका सचिव प्रेम शाह लगायतको सहभागिता रहेको थियो ।

पार्टी केन्द्रको सर्कुलर अनुसार सो अधिवेशन सम्पन्न भएको हो । बाँके जिल्लाका ६० वटा वाडामा वाड अधिवेशन भएपछि वाड, गाउँ र टोलमा पार्टी भित्र रक्तसञ्चार भएको ठम्याइ रहेको माओवादी केन्द्र बाँके इन्चार्ज पूर्णा कुमारी सुबेदीले बताई ।

अहिले सम्म भएका वडा सम्मेल मध्य राप्तीसोनारी गाउपालिका ९ वाड, नरैनापुर गाउपालिका ६ वाड, बैजनाथ गाउपालिका ९ वाड, खजुरा गाउपालिका ८ वाड, कोहलपुर नगरपालिका १२ वाड, जानकी गाउपालिका ४ वाड, डुडुवा गाउपालिका १ र नेपालगन्ज उपमहानगरपालिकाका ५ वाडमा अधिवेशन गरेर नयाँ नेतृत्व समेत चयन भैसकेको छ । अहिलेसम्म ६० वाडमा अधिवेशन गरेर अब्बल नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले जनाएको छ । यसरी पार्टीमा रक्तसञ्चार भएपछि स्वस्फूर्त तरिकाले पार्टी प्रतिको जनलहर बढेको बताइन्छ ।

Nabintech