२ कार्तिक २०८१, शुक्रबार
माओवादी केन्द्र कोहलपुरका १० वडामा वडा सम्मेलन सम्पन्न


नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले वडा सम्मेलन लाई तिव्रता दिएको छ । पार्टी केन्द्रको सर्कुलर अनुसार जेठ मसान्त भित्र वडा सम्मेलन गरि सक्ने भनिएको भएपनि हाल सम्म १० वटा वडाहरूको सम्मेलन गरि सकिएको नगर उपाध्यक्ष बल बहादुर खड्का अविरलले जानकारी दिए ।

उपाध्यक्ष  खड्काका अनुसार कोहलपुर नगरपालिका अन्तरगत वडा नं १ , २ , ३ , ४ , ५ ,६ , ९ , ११ ,१२ र १३ को सम्मेलन सकिएको छ । जस अन्तरगत कोहलपुर नगरपालिका वडा नं १ मा अम्मर चन्दको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरिएको छ । त्यसै गरि वडा नं २ मा चन्द्र बहादुर जिसीको अध्यक्षतामा १५ सदस्य , कोहलपुर ४ मा रियाज अहमद हलवाईको अध्यक्षतामा १५ सदस्य वडा समिति निर्वाचित गरिएको छ ।

त्यसैगरी कोहलपुर ५ मा मेघ लाल धिताल , कोहलपुर वडा नं ११ मा युवराज भण्डारी , कोहलपुर १२ मा निरक बहादुर शाही, कोहलपुर १३ मा मिना पुन अध्यक्ष निर्वाचित भएको उपाध्यक्ष खड्काले जानकारी दिए । यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर ९ को छैठौं वडा सम्मेलन बाट रुद्र बूढा को अध्यक्षतामा २१ सदस्यीय वडा समिति र कोहलपुर ६ मा हिम कुमारी पुन को अध्यक्षतामा ११ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित भएको छ भने वडा नं ३ मा धौ बहादुर महतराको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक नरेन्द्र पाण्डे जेम्सले जेठ महिना भित्र वडा सम्मेलन सक्ने गरि जिल्ला भर वडा सम्मेलनहरू भई रहेको भएपनि हाल सम्म ५० बढी वडा समितिको सम्मेलन सकी सकिएको जानकारी दिए ।

आधिकांश वडाहरूमा सर्व सम्मत नेतृत्व चयन भएको भएपनि केही वडाहरूमा निर्वाचन गर्नु परेको उनको भनाई छ । उनले बैजनाथ गाउँपालिका , खजुरा गाउँपालिका , राप्ती सोनारि गाउँपालिका , नरैनापुर गाउँपालिका जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाका सम्पूर्ण वडाका वडा सम्मेलन सकिएको जानकारी दिए । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगर पालिकाका केही वडामा सम्मेलन बाँकी रहेको जानकारी दिए । यसै हप्ता भित्र सम्पूर्ण वडा सम्मेलन सकी सकिने उनको भनाई छ ।

Nabintech