२ कार्तिक २०८१, शुक्रबार
एमाले केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा 


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका छन् । उनले एमाले कार्यालयमा पुगेर कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका हुन् ।

दुई पार्टीबीच यसअघि भएको सल्लाह बमोजिम नेता सापकोटा एमाले मुख्यालय र्गका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञाशा राखेका थिए । उनको जिज्ञाशाबारे आफूहरुले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए ।

Nabintech